०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

बाँकेमा लकडाउन खुकुलो बिहान् ९ बजेदेखि ४ बजेसम्म पसल खुल्ने

Logo
प्रकाशित सोमबार, आषाढ ०७, २०७८


(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेले निषेधाज्ञालाई असार १४ गतेसम्म लम्ब्याएको छ । प्रशासनले बैशाख १३ गतेदेखि सात-सात दिन बढाउदै आएको छ ।
पछिल्लो समयमा निषेधाज्ञालाई खुकुलो बनाउदै लगिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विहान ९ देखि चार बजेसम्म पसल व्यवसाय सञ्चालन गर्न सकिने बताए । शुरुमा सातदेखि नौ बजेसम्म कायम गरिएको खाद्यान्न पसल सञ्चालनको अवधि अपरान्ह चार बजेसम्म पुगेको छ ।
जिल्लाम अझै कोरोनाको जोखिम रहेकाले र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि १४ गतेसम्म निषेधाज्ञालाई बढाइएको छ ।
बाँकेमा बैशाख १३ गतेदेखि नै निषेधाज्ञा लगाइएको छ । त्यसअघि नेपालगञ्ज एरियामा बैशाख ९ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । बाँकेमा संक्रमण दर न्यून भइसकेकाले निषेधाज्ञाको औचित्य नरहेको आवाज उठिरहेको बेलामा स्थानीय प्रशासनले १४ गतेसम्म निषेधाज्ञालाई बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!