०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

दाङमा असार १५ गतेसम्म लकडाउन थप

Logo
प्रकाशित मंगलबार, आषाढ ०८, २०७८

(ABC-Sanchar)
दाङ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दाङमा थप एक सातालाई लकडाउन लम्ब्याईएको छ । कोरोना संकट व्यवस्थापन केन्द्र दाङमा बसेको बैठकले अझै कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनलाई थप खुकुलो पार्दै असार १५ गते सम्म लम्ब्याउने निणर्य गरेको हो ।

साथै बैठकले सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र व्यापार व्यवसाय सञ्चालनका लागि समय थप गरेको छ । अब भोली देखी सरकारी कार्यालयहरु, बैंक तथा वित्तिय संस्था विहान १० देखी दिउँसो ३ बजे सम्म खुल्ने भएका छन् । अहिले यी कार्यालय एवं संस्था दिउँसो २ बजे सम्म खुल्दै आएका थिए ।

त्यसैगरी, बिहान ६ देखी १० बजे सम्म खुल्दै आएका बजार अब दिउँसो २ बजे सम्म खुलाउने निणर्य भएको प्रमुख जिल्ला अधिकारी दीघनारायण पौडेलले जानकारी दिनुभएको छ । कोरोनाको संक्रमण दर घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड र भौतिक दूरीको अनिवार्य पालना गर्न सबै नागरिकहरुलाई आग्रह गरेको छ ।

अहिले दाङमा २ सय ५६ जना कोरोनाका सकृय बिरामी रहेका छन् । ति मध्य १५ जना आईसियूमा उपचाररत रहेका छन् । गएको बैशाख यता दाङमा ७ हजार ७ सय २० जनामा कोरोना देखिएको छ भने ७ हजार २ सय ६६ जना निकोभएका छन् ।

संक्रमित मध्य १ सय ९८ जनाको मृत्युभएको आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि गएको बैशाख १७ गते देखी लकडाउन जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!