२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीको ५२ एसपी र ५७ डिएसपीको सरुवा को कहाँ पुगे ?

Logo
प्रकाशित बुधबार, आषाढ ०९, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कर्यालयले ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ८ असारको निर्णय अनुसार सरुवा भएको हो।

सरुवामा अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुख परिवर्तन गरिएको छ। कास्कीमा एसपी रमेश थापाको सरुवा भएको छ भने महानगरीय प्रहरी परिसर भक्तपुरमा शिव कुमार श्रेष्ठको सरुवा भएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी श्याकृष्ण अधिकारीको सरुवा भएको छ भने एसपी ओम रानाकोनेपाल प्रहरी प्रदेश कार्यालय, भैरहवामा सरुवा भएको छ। त्यस्तै दानबहादुर कार्कीको कपिलवस्तुमा सरुवा भएको छ।

त्यस्तै एसपी दिनेशराज मैनालीलाई तनहुँ पठाइएको छ भने सुरेश प्रसाद काफ्लेको दाङमा सरुवा गरिएको छ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय खोटाङमा डिएसपी उमेश लम्सालको सरुवा भएको छ।

त्यस्तै डिएसपी प्रमेश बिष्टको महाराजगञ्ज वृत्तमा सरुवा भएको छ। लैनचौर वृत्तका डिएसपी दीपक खड्का कारबाहीमा परेपछि बिष्टलाई लैनचौर वृत्तमा खटाइएको थियो। लैनचौरबाट महाराजगञ्जमा सरुवा भएको हो।

यस्तै डिएसपी ढुण्डीराज न्यौपानेको बौद्ध वृत्तमा सरुवा भएको छ भने डिएसपी दुर्गा दाहाललाई लैनचौर वृत्तको जिम्मेवारी दिइएको छ। यसअघि दाहाल महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]