२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङको सिडिओ दीर्घनारायण पौडेल सप्तरीमा राम बहादुर कुरुम्बाङ दाङमा सरुवा

Logo
प्रकाशित बुधबार, आषाढ ०९, २०७८

 

ABC (क्राईमबिट)
काठमाडौँ । गृह मन्त्रालयले दुई जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

मन्त्रालयका अनुसार दाङको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा रामबहादुर कुरुम्बाङलाई जिम्मेवारी दिई पठाएको छ भने सप्तरीमा मन्त्रालयकै सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ ।

सप्तरीका प्रजिअ फणीन्द्रमणि पोखरेललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा पठाइएको छ । विभागका महानिर्देशक द्रोण पोखरेल अनिवार्य अवकाश भएपछि सो ठाउँ रिक्त रहेको थियो ।

प्रशासनिक हिसाबले महत्त्वपूर्ण मानिने सप्तरी र दाङ पठाइएका दुवै प्रजिअ निजामती प्रशासनका काबिल कर्मचारी हुन् । दुवै जनासँग यसअघि जिल्लाको प्रशासनिक प्रमुखको अनुभव छ । आचार्य यसअघि नै दाङको प्रजिअ भईसकेका छन् ।

दाङको जिम्मेवारी दिइएका कुरुम्बाङ गृह प्रशासनका चर्चित सिडिओ हुन् । ताप्लेजुङ, म्याग्दी, सोलुखुम्बु, अछाम, प्युठान, बर्दिया, स्याङ्जा, बाँके हुँदै अहिले दाङको जिल्ला प्रशासन प्रमुख भएका कुरुम्बाङ अछाम, बाँके, बर्दिया हुँदा स्थानीयको मन जित्न सफल भई निकै चर्चा कमाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]