०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

पशुपति क्षेत्र विकास कोष परिसरमा रोपियो वनस्पति गुर्जोको ५ सय विरुवा

Logo
प्रकाशित बुधबार, आषाढ ०९, २०७८


(ABC-Sanchar)
काठमाडौं । पशुपति क्षेत्रमा गुर्जोरोपन कार्यक्रम सम्पन्न भएको छ ।पशुपति बिकास कोषको आयोजनामा र बागमति सरसफाइको समन्वयमा शनिवार विहान ८ बजे पशुपति क्षेत्रमा गुर्जाेराेपण गर्न पशुपति विकास काेष कार्यालयमा एक कार्यक्रम आयाेजना गरि गुर्जाेराेपणकाे शुरूवात गरिएको थियो ।

त्यसै गरि गुर्जाे वेर्ना हरेक घर घरमा गुर्जाे हुनुपर्छ, प्रत्येक पाटी पाैवामा हुनुपर्छ भनि गत साल देखि गुर्जाेलाई देशव्यापी रूपमा अभियानकाे रूपमा लैजाने गर्जाेका प्रमुख अभियन्ता कमल बहादुर राजलवटले नि:शुल्क सेवा प्रदान गर्नु भएकाे थियाे । उक्त कार्यक्रम राष्ट्रिय याेजना आयाेगका माननीय सदस्य मीन बहादुर शाहीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उक्त काेषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले गुर्जाेकाे उपयाेगिताकाे बारेमा चर्चा गर्नुभएकाे थियाे । साथै गुर्जाेकाे महत्व एंव गुर्जाे अभियानकाे बारेमा गुर्जाे अभियन्ता कमल बहादुर राजलवटले प्रष्टयाउनु भएकाे थियाे । उक्त अवसरमा याेग गुरु किशाेर जाेशीबाट केही बेर याेग पनि गराईयाे ।
सो कार्यक्रममा बाग्मति लगायत थुप्रै अभियन्ताहरू सक्रिय सहभागिता रहेको थियाे । करिव ५०० बेर्नाबाट आज भएकाे शुरूवातलाई पुरै पशुपति क्षेत्रलाई नै ढाकिने गरि गुर्जाेराेपण गर्दै लैजाने गुर्जाे अभियन्ताले जनाए ।

उपस्थित सबैलाई गुर्जाेकाे चिया खुवाउदै गुर्जाेकाे चिया प्याकेट तथा गुर्जाे सहितकाे धुलाे औषधी प्याकेट पनि सेवा गरियाे । गत वर्ष मात्र नेपाल अधिराज्य भरि १लाख ५० हजार भन्दा बढी गुर्जाे बेर्ना नि:शुल्क बितरणकाे सेवा, ८ हजार के.जी. भन्दा बढी काचाे गुर्जाे तथा करिव २ लाख भन्दा बढीलाई गुर्जाे चिया सेवन गराउनुका साथै १० हजार भन्दा बढी काेराेना संक्रमित परिवार तथा व्यक्ति लाई सन्चाे पारिएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!