०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

संकटको घडीमा पत्रकारको भुमिका महत्वपूर्ण हुन्छ अध्यक्ष बिपुल पोख्रेल

Logo
प्रकाशित शुक्रबार, आषाढ ११, २०७८


(ABC-Sanchar)
दाङ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले संकटका बेला पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने बताएका छन् । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा शुक्रवार देखि लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा सुरु भएको २ दिने कोभिड महामारी र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताएका हुन् ।

प्रदेश समिति अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष पोख्रेलले कोभिड महामारीका बेला सञ्चार माध्यम र सञ्चारकर्मीले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । साथै अध्यक्ष पोख्रेलले पत्रकारहरु संकटका बेला संवेदनशील भई सामाजिक उत्तरदायित्व वहन गरी समाचार संप्रेषण गर्नु पर्ने बताए ।
त्यसैगरी अध्यक्ष पोख्रेलले सञ्चार संस्था र सञ्चारकर्मी बीच समन्वय हुन पनि जरुरी रहेको बताए । त्यसका लागि दुवै पक्ष बलियो हुनुपर्ने र कार्ययोजना बनाएर अगाडी बढ्नु पर्ने बताए । त्यसै गरी कोभिडले सञ्चारकर्मी र सञ्चारगृहलाई तहसनहस बनाएको र कयौं पत्रकारले अकालमा ज्यान गुमाउनु परेको स्मरण पनि गराए । कोभिडका कारण सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीले समयमा तलव नपाएको गुनासो महासंघमा आएको पनि अध्यक्ष पोख्रेलले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु भवानीप्रसाद पाण्डे, सुशिल पोख्रेल, प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विक, नेपाल टेलिभिजन एशोसियसन संघका अध्यक्ष विष्णु भुसाल, व्यवसायीक रेडियो महासंघका अध्यक्ष माधव नेपाल, सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका अध्यक्ष राजु खराल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, बाँकेका अध्यक्ष संगिन शर्मा, रोल्पाका उपाध्यक्ष सन्तोष शर्मा, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, कपिलवस्तुका अध्यक्ष किरणमान बज्रचार्य, नवलपरासीका अध्यक्ष हरि शर्मा, प्युठानका अध्यक्ष संजय ढकाल, अर्घाखाँचीका अध्यक्ष अशोक खनाल लगायतका वक्ताहरुले कोरोना र पत्रकारिताको अवस्थाका विषयमा आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा प्रदेश समितिका सल्लाहाकार भरत केसीले कार्यपत्र पढेर सुनाउनु भएको थियो । भने कार्यपत्र माथिको टिप्पणी पत्रकारहरु बसुन्धरा गौतम र प्रदिप वाग्लले गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन यमनाथ पोख्रेलले गरेका थिए । प्रदेश समितिका उपाध्यक्ष चुमा आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रदेश समितिका महासचिव विक्रम खड्काले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!