२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

संकटको घडीमा पत्रकारको भुमिका महत्वपूर्ण हुन्छ अध्यक्ष बिपुल पोख्रेल

Logo
प्रकाशित शुक्रबार, आषाढ ११, २०७८


(ABC-Sanchar)
दाङ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले संकटका बेला पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने बताएका छन् । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा शुक्रवार देखि लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा सुरु भएको २ दिने कोभिड महामारी र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताएका हुन् ।

प्रदेश समिति अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष पोख्रेलले कोभिड महामारीका बेला सञ्चार माध्यम र सञ्चारकर्मीले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । साथै अध्यक्ष पोख्रेलले पत्रकारहरु संकटका बेला संवेदनशील भई सामाजिक उत्तरदायित्व वहन गरी समाचार संप्रेषण गर्नु पर्ने बताए ।
त्यसैगरी अध्यक्ष पोख्रेलले सञ्चार संस्था र सञ्चारकर्मी बीच समन्वय हुन पनि जरुरी रहेको बताए । त्यसका लागि दुवै पक्ष बलियो हुनुपर्ने र कार्ययोजना बनाएर अगाडी बढ्नु पर्ने बताए । त्यसै गरी कोभिडले सञ्चारकर्मी र सञ्चारगृहलाई तहसनहस बनाएको र कयौं पत्रकारले अकालमा ज्यान गुमाउनु परेको स्मरण पनि गराए । कोभिडका कारण सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीले समयमा तलव नपाएको गुनासो महासंघमा आएको पनि अध्यक्ष पोख्रेलले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु भवानीप्रसाद पाण्डे, सुशिल पोख्रेल, प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विक, नेपाल टेलिभिजन एशोसियसन संघका अध्यक्ष विष्णु भुसाल, व्यवसायीक रेडियो महासंघका अध्यक्ष माधव नेपाल, सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका अध्यक्ष राजु खराल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, बाँकेका अध्यक्ष संगिन शर्मा, रोल्पाका उपाध्यक्ष सन्तोष शर्मा, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, कपिलवस्तुका अध्यक्ष किरणमान बज्रचार्य, नवलपरासीका अध्यक्ष हरि शर्मा, प्युठानका अध्यक्ष संजय ढकाल, अर्घाखाँचीका अध्यक्ष अशोक खनाल लगायतका वक्ताहरुले कोरोना र पत्रकारिताको अवस्थाका विषयमा आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा प्रदेश समितिका सल्लाहाकार भरत केसीले कार्यपत्र पढेर सुनाउनु भएको थियो । भने कार्यपत्र माथिको टिप्पणी पत्रकारहरु बसुन्धरा गौतम र प्रदिप वाग्लले गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन यमनाथ पोख्रेलले गरेका थिए । प्रदेश समितिका उपाध्यक्ष चुमा आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रदेश समितिका महासचिव विक्रम खड्काले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।