०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

सुरक्षा निकायलाई नवयुक्ति गृहमन्त्री बिष्णु पौडेलको कडा निर्देशन

Logo
प्रकाशित शुक्रबार, आषाढ ११, २०७८

 

(ABC-Sanchar)
काठमाडौँ । गृहमन्त्री विष्णुप्रसाद पौडेलले दबाब र प्रभावबिना काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको रूपमा आज पदभारग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रहरी र गृह प्रशासनमा आफूबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै जिम्मेवारी कर्तव्यनिष्ठ भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिए ।

आफू फरक खालको व्यक्ति भएको जानकारी गराउँदै उनले हरेक व्यक्ति आआफ्नो जिम्मेवारी सम्पादन गर्न सबै स्वतन्त्र हुने बताए । उनले जिम्मेवारी अनुसार आफूलाई नतिजा भने चाहिनेसमेत उल्लेख गरे । गृहमन्त्री पौडेलले भने, ‘नतीजाप्रति जिम्मेवार भएर यहाँहरूले काम गर्नुपर्छ भन्ने मान्यता म राख्छु ।’ उनले बढुवा, सरुवा, थमौती र स्वदेश, विदेश पठाउनका निम्ति मातहतका आफूकहाँ नआउन मातहतका कर्मचारीलाई भने । उनले सरकारबाट गर्नुपर्ने काममा कुनै कमि नहुने र मन्त्रीका हैसियतमा गर्ने निर्णयमा आफू जिम्मेवार रहेको पनि बताए ।

गृहमन्त्री पौडेलले राजनीतिक परिस्थितिको प्रभाव सुरक्षा निकायमा र गृह प्रशासनमा पर्न नहुनेमा जोड दिए । उनले शान्ति सुरक्षा, मानिसको जीउधनको रक्षा गर्ने सवालमा जिम्मेवारीपूर्वक काम गर्न पनि निर्देशन दिए । उनले राजनीतिक परिस्थितिबाट गृह प्रशासन अलग हुनुपर्नेमा जोड दिए । गृह प्रवक्ता जनकराज दाहालका अनुसार गृहमन्त्री पौडेलले काम छिटो, छरितो र इमान्दारपूर्वक गर्न र सरकारको नीति, योजना व्यवहारमा कार्यान्वयन हुने गरी काम गर्न मातहतका निकायलाई निर्देश दिएका छन् ।

निर्देशनका क्रममा गृहमन्त्री पौडेलले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी जिम्मेवारी पूरा गर्न तथा परेका समस्याबारे खुलस्त राख्नसमेत आग्रह गरेको प्रवक्ता दाहालले जानकारी दिए । ‘समग्रमा मन्त्रीज्यूको हौसला र उत्प्रेरणा दिने खालको निर्देशन थियो, पदीय जिम्मेवारी आआफ्नो हुन्छ तर जिम्मेवारी इमान्दारपूर्वक गर्न भन्नु भएको छ’, उनले भने ।

मन्त्री पौडेलले गृह मन्त्रालयसहित अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालयको समेत कार्यभार सम्हलेका थिए । सर्बोच्च अदालतको आदेशपछि गत वैशाख ३१ मा गठित मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीको यही असार १० को सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री पौडेललाई ती मन्त्रालयको समेत कार्यभार सम्हाल्ने गरी तोकेकी छन् ।
रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!