२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

गृह मन्त्रालयले सशस्त्र प्रहरीको ५ हजार भर्ना खोल्दै

Logo
प्रकाशित शनिबार, आषाढ १२, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । केहिदिन अगाडी पारित भएको नयाँ बजेटमा बोर्डर आउट पोस्ट (बीओपी) थप्ने कार्यक्रम आएसँगै सशस्त्र प्रहरीमा चार हजार दरबन्दी थप्ने प्रक्रिया अगाडि बढाइएको छ। सशस्त्र प्रहरी मुख्यालयले गृह मन्त्रालयमार्फत ९ हजार जनशक्ति थपका लागि प्रस्ताव गरे पनि पहिलो चरणमा चार हजार थप्ने प्रक्रिया अगाडि बढाइएको छ।

चीनसँगको सीमामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने कार्यक्रम बजेट वक्तव्यमा आएसँगै जनशक्ति पनि थप्न लागिएको हो। भारत र चीनसँगका सीमा सुरक्षामा सशस्त्र प्रहरी खटाइँदै आएको छ।

ओएन्डएम (व्यवस्थापन तथा संगठन) सर्वेक्षण गरेर दरबन्दी थपको प्रक्रिया गृह मन्त्रालयले अगाडि बढाउने भएको छ। गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बीओपी थपिएपछि दरबन्दी पनि थप हुनेछ।
रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।