ABC (क्राईमबिट)
काठमाडौं । केहिदिन अगाडी पारित भएको नयाँ बजेटमा बोर्डर आउट पोस्ट (बीओपी) थप्ने कार्यक्रम आएसँगै सशस्त्र प्रहरीमा चार हजार दरबन्दी थप्ने प्रक्रिया अगाडि बढाइएको छ। सशस्त्र प्रहरी मुख्यालयले गृह मन्त्रालयमार्फत ९ हजार जनशक्ति थपका लागि प्रस्ताव गरे पनि पहिलो चरणमा चार हजार थप्ने प्रक्रिया अगाडि बढाइएको छ।
चीनसँगको सीमामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने कार्यक्रम बजेट वक्तव्यमा आएसँगै जनशक्ति पनि थप्न लागिएको हो। भारत र चीनसँगका सीमा सुरक्षामा सशस्त्र प्रहरी खटाइँदै आएको छ।
ओएन्डएम (व्यवस्थापन तथा संगठन) सर्वेक्षण गरेर दरबन्दी थपको प्रक्रिया गृह मन्त्रालयले अगाडि बढाउने भएको छ। गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बीओपी थपिएपछि दरबन्दी पनि थप हुनेछ।
रासस