ABC (क्राईमबिट)
काठमाडौं । नेपाल सरकारले सशस्त्र प्रहरी बलमा कार्यरत दुई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ ।
गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले प्रशासन तथा मानवस्रोत विभागमा रहेका एआईजी पुष्पराम केसीको कार्य तथा सिमा सुरक्षा विभागमा र कार्य तथा सिमा सुरक्षा बिभागमा कार्यरत एआईजी रामशरण पौडेलको प्रशासन तथा मानवस्रोत विभागमा सरुवा गरेको हो।
मन्त्रीपरिषदले गरेको निर्णयको जानकारी सशस्त्र प्रहरी बल मुख्यालयमा शुक्रबार पुगिसकेको छ।
निर्धारित एकबर्षे कार्यकाल पूरा भएकोले नियमित प्रक्रिया अन्तर्गत सरकारले एआईजीद्धय केसी र पौडेलको परस्पर सरुवा गरेको हो।रासस