(ABC-Sanchar)
दाङ । घोराही तुल्सीपुरमा पर्ने पत्रेखोला तर्ने क्रममा एक महिला वेपता भएकी हुन् । ति महिला घोराही ११ निवासी हुन् ।
उनको अन्य परिचय खुल्न सकेको छैन । घोरोहीको जितपुरबाट सिउपुर जानकालागि खोला तर्ने क्रममा खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको खोजी कार्य भइरहेको छ ।
स्थानीय तथा प्रहरीले खोजी कार्य गरिरहेको छ । पत्रेखोलामा पानीको बहाब पनि यस बर्षकै ठूलो छ । त्यसले गर्दा पनि खोजी कार्यमा समस्या भएको छ । हापुर खोलाले घोराहीबाट खोजी कार्यकालागि आएका प्रहरी टोलीले रोकेको डिएसपी शिव बहादुर सिंहले जानकारी दिए।