२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रदेश सांसद श्रेष्ठसँग युवासघं काठमाडौंको भेटघाट

Logo
प्रकाशित शनिबार, आषाढ १२, २०७८

(ABC-Sanchar)
काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल काठमाडौंले नेकपा एमालेका बागमती प्रदेशका सांसद प्रकाश श्रेष्ठसँग भेट गरेको छ । उक्त भेटबार्तामा काठमाडौं जिल्लाका युवाहरूको राजनितीक, स्वरोजगार एवं आर्थिक उन्नतिको साथै समसामायिक विषयमा छलफल भएको छ ।

उक्त भेटमा राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटीका सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज शिव कुमार महर्जन, सचिवालय सदस्य एवं काठमाडौं जिल्ला अध्यक्ष सन्तोष अर्याल, केन्द्रिय सदस्य एवं नेकपा एमाले महानगर कमिटीका सदस्य निसार उद्दिन, केन्द्रिय सदस्य राजेश गजुरेल, नेकपा एमाले महानगर कमिटीका सदस्य लक्ष्मण शाही,महानगर कमिटीका सदस्य उद्दव खड्गी लगायतको उपस्तिथी रहेको थियो ।

नेकपा एमाले महानगर कमिटीका सदस्य निसार उद्दिनले आजका युवाहरूलाई राजनीतिकका साथै आर्थिक पातोमा पनि जोडाउदै लानु पर्ने बताउनु भयो । राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य एवं काठमाडौं जिल्ला अध्यक्ष सन्तोष अर्यालले अब काठमाडौं युवाहरुलाई अरु युवा संगठन भन्दा फरक रूपमा अगाडि बढाउने बताउनु भयो। काठमाडौंका युवाहरुलाई अहिलेको पसरस्थितिमा राजनिती मात्र नभइ उध्यमशिल तालिम एवं आफूँग भएको सिपलाई उजागर गरेर हरेक युवाहरुलाइ आर्थिक पाटोमा दह्रो संग टेकाएर अगाडि बढ्ने बताउनु भयो।

राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज शिव कुमार महर्जनले अब राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीमा यस विषयमा ध्यानाकर्षण गराउनुका साथै काठमाडौंका युवाहरुको लागि बागमती प्रदेश सरकारबाट पनि आर्थिक पाटो बलियो बनाउने कार्यक्रम ल्याउन सहयोगको लागि नेकपा एमालेका बागमती प्रदेशका सांसद प्रकाश श्रेष्ठलाई अनुरोध गर्नु भयो ।

अन्तमा नेकपा एमालेका बागमती प्रदेशका सांसदप्रकाश श्रेष्ठले राष्ट्रिय युवा संघ नेपालले गरिएको कार्य सर्हानिय रहेको र काठमाडौं युवाहरुको आर्थिक र स्वरोजगार कार्यक्रमको लागि प्रदेश सरकारसम्म यो कुरा आफु मार्फत पुर्‍याउने प्रतिबद्धता जनाउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।