(ABC-Sanchar)
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं१० आज पुर्ण वडा खोप घोषणा कार्यक्रम सम्पन भएको छ। प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका का नगर प्रमुख बिजय सरावगी को प्रमुख अतिथि मा पुर्ण खोप वडा घोषणा कार्यक्रम सम्पन भएको थियो सो सभा लाइ सम्बोधन गर्दै नगर प्रमुख बिजय सरावगी ले वडा नं १० पुर्ण रुपमा बालबालिका लाइ खोप लागि सकेको ले अब खोप सम्बन्धि रोग बालबालिका मा नलाग्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो।
बिरगंज महानगरपालिका बाट वार्ड नम्बर १० मा निर्माण गरिएको आधारभुत स्वास्थ्य केन्द्र को आज नगरप्रमुख बिजय कुमार सरावगी ज्यु ले उद्वघाटन गर्नु भएको छ।साथै बिरगंज माहानगर बाट गर्भवती र प्रसुती महिला अरु को लागि वितरण गर्नु भएको छ।
सो पुर्ण वडा खोप घोषणा कार्यक्रम महानगर का बिशेष अतिथि अरुण कुमार महतो,अनिल कुमार सिंह, रितेश जैसवाल लगायतको उपस्थिति रहेको थियो।
सो पुर्ण वडा खोप घोषणा कार्यक्रम मा कार्यपालिका सदस्यहरु जस्तै सुसिल साह, अरबिन्द प्रसाद साह, प्रभु महतो, संतोष देबी खतिवडा, उर्मिला बैठा तथा वडा सचिव रुपनारायण मिश्र लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै शिवपार्वती अतिथि सदन का अध्यक्ष परमानन्द साह कानु , वीरगञ्ज महानगरपालिका वडा नं १० का आमा समूह का अध्यक्ष श्रीमताी रुपा देबी श्रेष्ठ को उपस्थिति रहेको थियो।
सो पुर्ण खोप वडा घोषणा कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष रामनगिना प्रसाद कानु ले पुर्ण खोप वडा घोषणा को लागि नगर प्रमुख बिजय सरावगी ले सहयोग गर्नु भएको मा नगर प्रमुख बिजय सरावगी लाइ वडा अध्यक्ष रामनगिना प्रसाद कानु ले सम्मान समेत गर्नुभएको थियो।सो पुर्ण वडा खोप घोषणा कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष रामनगिना प्रसाद कानु को सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो।