०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

बिरगंज ३१ वडा बेलवामा ग्रेभल सडक निर्माणमा चरम भ्रष्टाचार अख्तियार मौन?

Logo
प्रकाशित आइतबार, आषाढ १३, २०७८


(ABC-Sanchar)
पर्सा । वीरगंज महानगरपालिका ३१ बेलवामा ग्रेभल सडक निर्माणमा अनियमितता भएको छ।
कालोपत्र सडकदेखि ड्यामसम्म ग्रेभल भर्ने कार्यको लागि उपभोक्ता समितिमार्फत महानगरपालिकाले २२ लाख १८ हजार रुपैयाँमा काम लगाएको थियो। उपभोक्ता समितिको सम्झौतामा सो सडकखण्डमा चार इन्च ग्रेभल भर्नुपर्नेमा सो अनुरूपको कार्य नभएको स्थानीयले गुनासो गरेका छन्।

उपभोक्ता समितिको अध्यक्ष बनाइएको महम्मद हैदर अली अन्सारी पेशाले इन्जिनीयर हुन्। भारतमा बस्दै आएका उनी अहिले लकडाउनको कारण घर आउँदा उपभोक्ता समितिका अध्यक्ष बनाइएका हुन्। उनले यसबारे आफूलाई कुनै किसिमको जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उपभोक्ता समिति बनाएर सबै काम ठेक्कामार्फत गराउने परम्परा यहाँ पनि देखिएको छ।

उपभोक्ता समिति गठन गरिएको छ र सबै काम ठेकेदारले गर्ने गरेका छन्। तर तोकिएको काम भएको छैन। कालोपत्र सडकदेखि ड्यामसम्म ग्रेभल गर्नुपर्नेमा अहिले काम अधूरै छ। तर ६० प्रतिशतसम्म काम गरी ग्रेभल सडक निर्माणको काम सम्पन्न भएको दाबी गरिंदा अहिले स्थानीयहरू आक्रोशित भएका छन्। स्थानीयले यसबारेमा अनुसन्धान गरेर भुक्तानी गर्न माग गरेका छन्। वडाध्यक्षले भने यसबारे कुनै प्रतिक्रिया दिन चाहेनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!