२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिरगंज ३१ वडा बेलवामा ग्रेभल सडक निर्माणमा चरम भ्रष्टाचार अख्तियार मौन?

Logo
प्रकाशित आइतबार, आषाढ १३, २०७८


(ABC-Sanchar)
पर्सा । वीरगंज महानगरपालिका ३१ बेलवामा ग्रेभल सडक निर्माणमा अनियमितता भएको छ।
कालोपत्र सडकदेखि ड्यामसम्म ग्रेभल भर्ने कार्यको लागि उपभोक्ता समितिमार्फत महानगरपालिकाले २२ लाख १८ हजार रुपैयाँमा काम लगाएको थियो। उपभोक्ता समितिको सम्झौतामा सो सडकखण्डमा चार इन्च ग्रेभल भर्नुपर्नेमा सो अनुरूपको कार्य नभएको स्थानीयले गुनासो गरेका छन्।

उपभोक्ता समितिको अध्यक्ष बनाइएको महम्मद हैदर अली अन्सारी पेशाले इन्जिनीयर हुन्। भारतमा बस्दै आएका उनी अहिले लकडाउनको कारण घर आउँदा उपभोक्ता समितिका अध्यक्ष बनाइएका हुन्। उनले यसबारे आफूलाई कुनै किसिमको जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उपभोक्ता समिति बनाएर सबै काम ठेक्कामार्फत गराउने परम्परा यहाँ पनि देखिएको छ।

उपभोक्ता समिति गठन गरिएको छ र सबै काम ठेकेदारले गर्ने गरेका छन्। तर तोकिएको काम भएको छैन। कालोपत्र सडकदेखि ड्यामसम्म ग्रेभल गर्नुपर्नेमा अहिले काम अधूरै छ। तर ६० प्रतिशतसम्म काम गरी ग्रेभल सडक निर्माणको काम सम्पन्न भएको दाबी गरिंदा अहिले स्थानीयहरू आक्रोशित भएका छन्। स्थानीयले यसबारेमा अनुसन्धान गरेर भुक्तानी गर्न माग गरेका छन्। वडाध्यक्षले भने यसबारे कुनै प्रतिक्रिया दिन चाहेनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]