०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

काठमाडौंमा सार्वजनिक यातायात जोरबिजोर चलाउन तयारी

Logo
प्रकाशित आइतबार, आषाढ १३, २०७८

(ABC-Sanchar)
काठमाडौँ । उपत्यकाका तीन जिल्लामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी रहेको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भएको छ । यद्यपि निर्णय भने भइसकेको छैन ।

उपत्यकाको निषेधाज्ञाको मोडलबारे सीसीएमसी र गृह मन्त्रालयको निर्णय आइसकेको छैन ।

उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक ७ असारमा एक साताका लागि थप्ने निर्णय गरेको थियो । थपिएको निषेधाज्ञाको अवधि भोलि (सोमबार) राति १२ बजेबाट सकिँदै छ । पछिल्लो निषेधाज्ञा थप्दा निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर–बिजोर र व्यवसायलाई बारका आधारमा सञ्चालन गर्न दिइएको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुलसीपुरमा छाडा पशु व्यवस्थापन चुनौती बनेको छ। छाडा पशु चौपायाका कारण सवारी दुर्घटनाको जोखिम मात्र होइन किसानहरूको बाली समेत नोक्सान गरेका छन्। यसको व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले आदियोगी आदित्यनाथ र तुलसी गौशाला निर्माण गर्दा पनि व्यवस्थापन गर्न नसक्दा त्यहाँको अवस्था जीर्ण रहेको छ। उपमहानगरपालिकाले गाई गोरु व्यवस्था सम्बन्धी ठोस निर्णय कानुन निर्माण तथा […]

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

error: Content is protected !!