![](https://www.abcsanchar.com/wp-content/uploads/2021/06/received_342249007502414.jpeg)
(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा नयाँ एसपी श्याम कृष्ण अधिकारीले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।
आजै बाँकेबाट सरुवा भई जान लागेका एसपी ओमबहादुर रानालाई बिदाई गरिएको छ । एसपी रानाको प्रदेश प्रहरी कार्यालय भैरहवामा सरुवा भएको छ ।
एसपी अधिकारी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंबाट सरुवा भई बाँके आएका हुन् ।
यस्तै बाँके प्रहरीका डिएसपी मधुसूदन न्यौपानेले पनि आजै आफ्नो कार्यभार सम्हालेका छन् ।