
(सागर थापा)
पोखरा । नेपाल सरकार गृह-मन्त्रालय माननीय मन्त्रीस्तरको मिति २०७८।०३।०७ गतेको निर्णायानुसार संघीय प्रहरी इकाई कार्यालय पोखरामा सरुवा भई आउनु भएका बरिष्ठ प्रहरी उपरीक्षक कृष्णहरि शर्माको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सप्पन्न भएको छ । 
उक्त कार्यक्रममा कार्यालयका प्र.ना.उ.रबिन्द्रमान गुरुङले स्वागत एवं कार्यालयको संक्षिप्त कार्यविवरणको जानकारी प्रस्तुतिकरण गराउनु भएको थियो । सोही अवसरमा वरिष्ठ प्रहरी उपरीक्षकबाट कार्यालयको अवलोकन पश्चात सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई
आवश्यक निर्देशन दिनुभएको वरिष्ठ प्रहरी उपरीक्षक कृष्णहरी शर्माले जानकारी दिनुभएको छ । 