२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सरकारले विदेशीहरुलाई स्थल मार्गबाट नेपाल प्रवेशमा निषेध

Logo
प्रकाशित मंगलबार, आषाढ १५, २०७८


(ABC-Sanchar)
काठमाडौँ । विदेशी नागरिकले स्थल मार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन् । सरकारले हालै सार्वजनिक गरेको विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ ले यस्तो व्यवस्था गरेको हो ।
कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशी नागरिकको आवागमनलाई व्यवस्थित गर्न यस्तो आदेश जारी गरिएको हो ।
आदेशको व्यवस्थाअनुसार विदेशी नागरिकले नेपालले निर्धारण गरेका सर्तहरूको पालना गरी हवाई मार्गबाट मात्र प्रवेश गर्न पाउनेछन् । नेपाली नागरिक भने दक्षिणतर्फका १३ वटा नाकाबाट नेपाल प्रवेश गर्न सक्नेछन् । उत्तरतर्फको नाका भने आदेशमा समावेश गरिएको छैन ।
विदेशबाट नेपाल आउँदा हवाई यात्रुहरूले अध्यागमनमा दर्ता गर्नुपूर्व ७२ अघिल्लो १२ घण्टाभित्रको फोटो एवं बारकोडसहितको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्नेछ । त्यस्तै सीसीएमसीको वेबसाइटमा रहेको आगमन फाराम भरेको यकिन गरेपछि मात्र यात्रुहरूको दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल फर्किनुपूर्व यात्रुहरूले क्वारेन्टिन बस्नका लागि होटल अनिवार्य बुक गरेको हुनुपर्छ । आफैँ होटल बुक नगरेको अवस्थामा सरकारले तोकेका होटलमा क्वारेन्टाइन बस्नसक्ने प्रावधान छ ।
खोपको मात्रा पूरा गरेको प्रमाणपत्र भएका र कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ भएका हवाई मार्गबाट आउने यात्रु १० दिन स्व–क्वारेन्टाइनमा बस्ने गरी गन्तव्य स्थलसम्म जान दिन सकिने व्यवस्था पनि गरिएको छ । निजले भरेको फाराम सम्बन्धित डीसीएमसी र स्थानीय तहमा भने अनिवार्य पठाउनुपर्नेछ ।
होटल क्वारेन्टाइनमा बसेका यात्रुहरूले सातौँ लिनमा आफ्नै खर्चमा कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा सम्बन्धित स्थानीय तहको अनुगमनमा थप चार दिन होम क्वारेन्टाइनमा बस्ने गरी पठाउन सकिने व्यवस्था पनि गरिएको छ ।
डिपोर्टेसन, जेलमुक्त भई स्वदेश फिर्तीको क्रममा रहेका नेपालीलाई कूटनीतिक नियोगले छानबिन गरी आर्थिक अवस्था कमजोर भएको सिफारिस गरेका व्यक्तिलाई नेपाल सरकारले तोकेको क्वारेन्टाइमा राखिने व्यवस्था छ । त्यसरी क्वारेन्टाइनमा बसेकाहरूको कोभिड–१९ परीक्षणदेखि घरसम्म जाने खर्च नेपाल सरकारले नै बेहोर्नेछ ।
अन्तिम संस्कार (काजकिरिया)मा सहभागी हुन विदेशबाट नेपाल आउने व्यक्तिको हकमा स्थानीय तह वा सीसीएमसीको सिफारिसमा एन्टिजेन परीक्षण गरी नेगेटिभ आएमा घर वा गन्तव्यसम्म जान अनुमति दिइने भएको छ । त्यस्तो व्यक्तिले एघारौँ दिनमा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्नेछ ।
अशक्त अथवा फरक क्षमताका व्यक्तिहरू र बिरामीसँगै कुरुवा भएर आएकाको हकमा एन्टिजेन परीक्षण गरी नगेटिभ आएमा अस्पतालबाट जारी आधिकारिक कागजातका आधारमा कम्तीमा १० दिन होम क्वारेन्टाइन वा अस्पतालमा पठाइने व्यवस्था छ । कूटनीतिक नियोगका पदाधिकारी तथा कर्मचारीको हकमा सम्बन्धित नियोगले परराष्ट्र मन्त्रालयमार्फत गरेको सिफारिसका आधारमा सम्बन्धित नियोगले व्यवस्थापन गरेको क्वारेन्टाइनमा १० दिन बसेर कोभिड परीक्षण नेगेटिभ आएपछि मात्र नियमित काममा फर्कन अनुमति दिइने व्यवस्था गरिएको छ ।
सरकारी काममा विदेश गएका नागरिक र विदेशमा रहेको नेपाली नियोगबाट नेपाल फर्कने कर्मचारी र परिवारको हकमा रिपोर्ट नेगेटिभ आएमा सम्बन्धित निकायको हकमा कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने र एघारौँ दिनमा पीसीआर नेगेटिभ आएमा कार्य क्षेत्रमा जानसक्ने व्यवस्था छ । विदेशमा जिम्मेवारी पूरा गरेर फर्किएका सुरक्षाकर्मीको हकमा सुरक्षा निकायको सिफारिसमा कम्तीमा १० दिन संस्थागत क्वारेन्टाइनमा बस्ने गरी अनुमति दिइने र परीक्षण नेगेटिभ आएपछि मात्र कार्य क्षेत्रमा जान सक्नेछन् । नेपालबाट विदेश प्रथान गर्ने यात्रुहरूको हकमा ४८ घण्टाभित्रको वा गन्तव्य मुलुकको मापदण्डमा तोकिएअनुसारको नेगेटिभ रिपोर्ट बुझाउनुपर्ने सीसीएमसीको र वेबसाइटमा रहेको फाराम अनिवार्य भर्नुपर्नेछ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]