
ABC (क्राईमबिट)
वीरगञ्ज । मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा एक महिलाको मृत्यु भएको छ । सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका वडा नम्बर ६ महुली बजार बस्ने ३५ वर्षीय जहादा खातुनको सोमवार मृत्यु भएको हो ।
करेन्ट लागी गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि विराटनगरको नर्सिङहोम अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोबाइल चार्ज गर्ने क्रममा तार सर्ट भइ उनलाई करेन्ट लागेको थियो