२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौंमा मंगलबारदेखि जोरविजोर लागु चल्न थाले सार्वजनिक सवारी साधनहरु

Logo
प्रकाशित मंगलबार, आषाढ १५, २०७८


(ABC-Sanchar)
काठमाडौं । उपत्यकामा जोरविजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गरेको निषेध आदेश अनुसार आजदेखि काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन हुन थालेको हो । सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्दै सार्वजनि सवारी साधन चलाउन दिइएको हो । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
सार्वजनिक सवारी साधन चलेसँगै बजारमा चहल–पहल र भीडभाड बढेको छ भने अत्यावश्यक काममा लागि यात्रुहरुलाई सहजता समेत भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।