
(सागर थापा)
दाङ । घोराही उपमहानगरपालिका बजारमा बेवारिसे अवस्थामा बसोबास गर्दै आइरहेका २ जना बालकहरुलाई जिल्ला प्रहरी कार्यालय दाङको सिफारिसमा मानव कल्याण समाज दाङ सेवा घरमा उद्घार गरि ल्याइएको छ । अन्दाजी १२ वर्षको बाबुले आफ्नो नाम कमल थापा र अन्दाजी १० वर्षको बाबुले आफ्नो नाम दिनेश नेपाली बताएका छन । मानव कल्याण समाज दाङले वहाहरुको
परिवार खोजी कार्यमा अघी बढेको छ। मानवीय कार्यमा सेवा प्रेरणा उर्जा थपिदिनुहुने दाङ प्रहरी लगायत सम्पूर्ण परोपकारी मनहरुलाई मानव कल्याण समाज दाङले सबैमा हार्दिक धन्यवाद अर्पण गरेको छ ।