२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा २२ गतेसम्म थप लकडाउन बुधबारदेखि सार्वजनिक यातायात संचालन

Logo
प्रकाशित मंगलबार, आषाढ १५, २०७८


(सागर थापा)
दाङ । आज बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समिती डिसिसीएमसी को बैठकले स्वास्थ्य मापदण्ड अपनाएर सार्बजनिक यातायात सन्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले जिल्लामा एक हप्ता लकडाउन थप्दै असार २२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएपछि भोलीदेखि लागू हुने गरि निजी र सार्वजनिक दुवै सवारी साधन जिल्ला भित्र चल्ने भएका छन् ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले दिएको जानकारी अनुसार जिल्लामा सरकारी कार्यालय, बैंक र बित्तीय सस्थामा कार्यालय अबधिभर बिहान १० बजेदेखी बेलुकी ५ बजेसम्म खुल्ने भएका छन ।

त्यस्तै दाङको बजार दैनिकरुपमा बेलुकी ६ बजेसम्म खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले जानकारी दिनुभएको छ । त्यसैगरि दाङका होटलहरु पनि बिहान ६ बजेदेखी बेलुका ६ बजेसम्म खुल्न पाउने भएका छन । जिमखाना र सिनेमा हल भने बन्द रहने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिनु भयो ।

त्यस्तै सार्बजनिक यातायात सन्चालन गर्न माग गर्दै नेपाल यातायात ब्यबसायी महासंघका संयोजक भरतनाथ योगिले प्रजिअ कुरुम्बाङ्ग र जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेलाइ ज्ञापन पत्र आज बुझाउनुुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]