२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

प्यूठानमा युवकको हत्यामा संलग्न ३ जना अभियुक्तहरु सार्वजनिक

Logo
प्रकाशित बिहिबार, आषाढ १७, २०७८

ABC (क्राईमबिट)
प्यूठान । नगरपालिका-१० नेपानेमा सोमबार बिहान मृत भेटिएका २४ बर्षिया हेमन्त भनिने नरेन्द्र पुन मगरको हत्या आरोपमा पक्राउ परेका दुई बालक र एक युवकलाई बिहिबार बिहान पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको हो।

स्थानिय बर्ष १५ र १७ को दुई बालक र मल्लरानी-३ बस्ने वर्ष १८ को रेमबहादुर घर्तिको आक्रमणबाट नरेन्द्रको हत्या भएको अनुसन्धानबाट देखिएको प्यूठानका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले बताउनुभयो ।
मल्लका अनुसार सामान्य बिबादबाट सुरु भएको घटना कुटपिटमा परिणत हुँदा युवकको हत्या भएको अनुसन्धानमा देखिएको छ। दिदिको गोठ बनाउने काम सकेर साँझ प्यूठान -१० पातिहाल्ना घर जाने क्रममा अभियुक्तहरुले बाटो कुरेर नरेन्द्र र उनीसँग रहेका २५ वर्षिय सुरेश बस्नेत माथि आक्रमण गरेको प्रहरी अनुसन्धानको निचोड छ ।
‘काम सकेपछी नरेन्द्र र उनका साथी शुरेसले ढेब्री पसलमा बसेर मादक पदार्थ सेवन गरेका रहेछन। डिएसपी मल्लले भन्नुभयो, ‘मादक पदार्थ सेवनपछि दुवैजना घरतर्फ लागेछन । घरतर्फ जाँदै गर्दा बाटाेमा अभियुक्तहरुसंग भेट भएछ । दुवै जनाले अश्लिल शब्द प्रयोग गर्दै गाली गलौज गर्न थाले, विवाद बढ्यो । त्यहि विवाद हत्या योजनामा परिणत हुन पुग्यो ।’
घटनाको जानकारी पाएलगत्तै प्रहरी टाेली घटनास्थल पुगेको थियो । असार १४ गते विहान नरेन्द्र मृत अबस्थामा र शुरेसलाई अचेत अवस्थामा फेला पारिएको थियो ।
लौरोले टाउकोमा आक्रमण गर्दा नरेन्द्रको मृत्यु हुनुका साथै सुरेश घाईते भएको प्रहरीले जनाएको छ । गंभीर घाईते सुरेशको भैरहवामा उपचार भईरहेको छ ।

प्रहरी हिरासतमा रहेका अभियुक्तहरु माथी ज्यान सम्वन्धी कसुरमा आवास्यक अनुसन्धान भईरहेको प्यूठान प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]