
(महेन्द्र सिंह)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले पाटे बाघको छाला सहित २ जना पक्राउ गरेको छ ।
बिहीबार दिउँसो २ बजेको समयमा जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं.४ तिलकपुर स्थित सडक बाटोमा दुर्लभ बन्यजन्तु बाटे बाघको छाला ल्याएको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा जिल्ला अछाम मेललेख गाउँपालिका वडा नं.३ दर्पामा बस्ने बर्ष २७ को डम्बर बुढा र रामरोसन गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३५ को नन्दु बुढा हुन ।
निजहरुले बोकी ल्याएको झोलाहरु खानतलासी गर्दा दुर्लभ बन्यजन्तु पाटे बाघको छाला थान–२ सहित पक्राउ तथा बरामद गरी आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपि रबिन्द्र खनालले जानकारी दिनुभएको छ । आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके लगिएको डिएसपी खनालले बताए ।