०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

बुद्ध हस्पिटलमा एउटा डाक्टर देखाएर अर्को डाक्टरले जाचेको भन्दै प्रहरीमा जाहेरी

Logo
प्रकाशित बिहिबार, आषाढ १७, २०७८

(ABCSanchar)
दाङ । घोराहीको बुद्ध हस्पिटलमा एक जना बिरामिले एउटा डाक्टरलाई देखाएर अर्को डाक्टरले बिरामी जाचेको भन्दै निजि अस्पतालका डाक्टर विरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका छन ।

घोराही १६ सर्रा निबासी अधिबक्ता नारायण प्रसाद डागिले आफ्नो श्रीमती बिरामी भएपछि घोराही १५ स्थित बुद्ध हस्पिटलमा उपचारका लागि लिएर गएका थिए । बुद्ध हस्पिटलका चिकित्सक सर्जन डा.रमेश बस्नेतलाई देखाउन पुगेका बिरामिलाई बस्नेतले चेक नगरेर उनिसंगै काम गर्ने अर्का चिकित्सक डा. माधब गोहितले चेक गरेका थिए । बिरामिको पुरै डाइग्नोसिस नै डा.गोहितले सर्जन बस्नेतको पर्चामा गरेका थिए । डा. बस्नेतलाई देखाउने भन्दै बिरामी अस्पताल पुगेपछि सोही डाक्टरको नाममा पर्चा पनि काटियो ।
एउटा डाक्टरको नाममा अर्को डाक्टरले बिरामीलाई जाचेपछि यो बिषयले स्वास्थ्य क्षेत्रमा हङ्गामा भएको छ । एउटा डाक्टरलाई देखाएर अर्को डाक्टरले बिरामि जाचेर ठग्ने नियत राखेकाले देखीएको भन्दै पिडित पक्ष आफ्नो लेटरप्याड दिने सर्जन डा. रमेश र डा. गोहितसहित अस्पताल प्रशासनका काम गर्ने कर्मचारी गरेर ५ जना विरुद्ध जाहेरीसहित पुगेका छन । अस्पताल प्रशासनका कर्मचारी र चिकित्सक मिलेर पहिलेदेखि नै एउटाको नाममा अर्को चिकित्सकले जाचेर विरामिलाइ ब्यक्ति ब्ल्याकमेलिङ गरेको आरोप लगाउदै पिडित पक्ष मुद्धा दायर गर्न प्रहरीमा पुगेको अधिबक्ता मौसम आचार्यले बताए । यता, जिल्ला प्रहरी कार्यालय दाङले यो घटनाको बारेमा जाहेरी आएको र अनुसन्धान भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भन्दै अनुसन्धान गरेर मुद्धा दर्ता हुने जानकारी दिए । उनले यो बिषय प्रहरीको क्षेत्राधिकार भित्र पर्ने कि नपर्ने बिषयमा स्पष्ट भएर मात्र मुद्धा चल्ने र नचल्ने थाहा हुने बताए । उनले मेडिकल काउन्सील पनि रहेकाले यो बारेमा अनुसन्धान गर्नुपर्ने भए त्यो मुद्धा प्रहरीले काउन्सिलमा पठाइदिन सक्ने पनि बताए । बुद्ध अस्पतालका सिइओ बालाराम अधिकारिले अस्पतालका सर्जन रमेश बस्नेतको पर्चा र लेटरप्याडमा उनिसंगै बसेका डा. माधब गोहितले बिरामी चेक गरेर रोगको डाइग्नोसिस गरेकाले बिरामिले एउटा डाक्टरलाई देखाएर अर्को डाक्टरले किन चेक गर्न दिएको भनेर जाहेरीसहित पुगेपछि प्रहरी कार्यालयमा पिडित र अस्पताल प्रशासन बिच दुई दिनदेखि लगातार छलफल चलिरहेको र कुरा नमिलेको बताए ।
कानुनिरुपमा अस्पतालले कमजोरि गरेपनि ब्याबहारिकरुपमा मिलाउनुपर्ने भन्दै उनले कतिपय बिरामिको सबै चेक गराएर अन्तिममा विशेषज्ञ चिकित्सक कहा जाने गरेको पनि सुनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

काठमाडौं । कलेज र स्कुलका विद्यार्थीलाई चरेस सप्लाई गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ललितपुरबाट एक महिलालाई नियन्त्रणमा लिएको हो । विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई चरेस सप्लाई गर्दै आएकी मकवानपुरको थाहा नगरपािलका–११ घर भएकी ३८ वर्षीया कल्पना तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

error: Content is protected !!