२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले १३ वटा चोरीका मोटरसाइकल सहित ८ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ १८, २०७८

ABC (क्राईमबिट)
दाङ । प्रहरीले चोरीमा संलग्न एक भारतीय नागरिक सहित ८ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आज उनीहरुलाई सार्बजनिक गरेको हो ।

प्रमुख एसपि सुरेश काफ्लेले मोटरसाइकल चोरी भएर नागरिक पिडित भएको गुनासो आउनासाथ आफुले गम्भिरतापुर्बक अनुसन्धानमा जुट्न निर्देशन दिएपछि प्रहरीलाई सफलला मिलेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दाङबाट सइ युबराज गौतमको कमाण्डमा खटिएको प्रहरी टोलिले चोरिको मोटरसाइकल सहितको गिरोहलाई समात्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपि मुकुन्द रिजालले घटनाको थप अनुसन्धान भइरहेको बताउनु भयो ।
चोरीको मोटरसाइकलको गिरोहमा ग्यारेजमा काम गर्ने पनि रहेको अनुसन्धानको क्रममा खुलेको छ । चोरीका मोटरसाइकलमा उनीहरुले ५० हजार लगानी गरेर १ लाखदेखि २ लाख सम्म बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]