
(महेन्द्र सिंह)
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले निषेधाज्ञा उल्लंघन गरी सवारीसाधान चलाएको दुईसय बढी सवारीसाधनलाई २ घण्टा होल्ड गरेको छ ।
जोर नम्वरका सवारीसाधन चल्नु पर्ने दिन विजोर नम्वरका सवारी साधन चलाएको भन्दै उनीहरुलाई होल्ड गरिएको हो ।
कोरोना भाइरस महामारीका कारण स्थानीय प्रशासनले जिल्लामा अहिले सार्वजनिक सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरेको छ । बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीका अनुसार, जोर प्रणालीका सवारी साधनको दिन विजोर नम्वरका सवारीसाधन चलाएको भन्दै १ सय ३ वटा मोटरसाइकल, ६३ वटा अटो र ३६ वटा जीप, कार र भ्यानलाई २ घण्टा होल्ड गरिएको हो ।
उनीहरुलाई नियमबारे जानकारी गराउँदै सम्झाई बुझाइ छाडिएको पनि उहाँले बताए । आजभोलि धेरै जसो बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक भण्डारी आफै सडकमा खटेर ट्राफिक नियम बारेमा अभियान पनि चलाउदै गरेका छ्न बेला बेलामा हरेक गल्ली बजार गाउँमा पनि चेकजाँच अभियान लाई तीव्रता दिदै आउनु भएको छ ।