२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँकेमा सिडियो मौन बस्दा क्रसरको मस्ति स्टक प्रमाणिकरण बिनै ५० करोडको नदि जन्य उथान

Logo
प्रकाशित शनिबार, आषाढ १९, २०७८


(ABC-Sanchar)
बाँके । सरकारले स्थानीय तह मार्फत नदीजन्य बस्तु उत्खननमा रोक लगाएको छ । तर, बाँकेको राप्तीसोनारी गाउँपालिकाको राप्ती नदी र बैजनाथ गाउँपालिकाको मानखोलामा अबैध रूपमा नदी तथा खोला दोहन तीब्र गतिमा भैरहेको छ ।

नदी दोहनका माफियाले यहाँका ढुगा, गिट्टी, वालुवा मनोमानी रूपमा उत्खनन गरेका छन । यसको रोकथाममा गाउँपालिकादेखि सिडिओ र जिल्ला समन्वय समितिबाट समेत कुनै प्रयास भएको देखिदैन ।

यी दुवै खोलाबाट यसरी उत्खनन गरिएका निर्माण सामग्रीको अहिले कुनैपनि ठेकेदार र क्रसर सन्चालकले स्टक प्रमाणिकरण गर्न चासो देखाएका छैनन । उत्खनन गरिएको सामान स्टक राख्नका लागि पहिला स्टक प्रमाणिकरण स्थानीय तहबाट गरिनुपर्ने प्रावधान छ ।

इआईमा उल्लेख भए अनुसार यसरी नदीबाट ८ हजार घनमिटर मात्रै यस्ता निर्माणका सामग्री उठाउन पाइन्छ । तर राप्ती नदी र मानखोलामा माफियाहरूले जनप्रतिनिधीको आडमा हजारौ घनमिटर मापदण्ड विपरित उठाएका छन ।

राप्ती सोनारी गाउँपालिकाका इन्जिनियर यर्थेष्ट पुन र बैजनाथका इन्जिनियर धर्मेन्द्रआचार्यका अनुसार यहाँ प्रतिव्यक्ति एक करोडको हाराहारीमा निर्माण सामग्री स्टक गरिएको छ ।

तर, कसैले पनि स्टक प्रमाणिकरण गरेका छैन । भ्याट बिल समेत धेरैले प्रयोग गरेका छैनन । कतिपय व्यक्तिसँग खोलामा निर्माण समाग्री खरिद गर्नेको बिल समेत नभएको खुलेको छ ।

मापदण्ड अनुसार यसरी नदीबाट उत्खनन गरिएको निर्माण सामग्री अरूको जमिन, ऐलानी जमिन वा सहमति बिनको जमिनमा थुपारेर राख्न पाइदैन । यदि राख्नै परे जमिनवालासँग सम्झौता गरिनुपर्छ । ऐलानी जमिनको हकमा सम्बन्धीत वडापालिकाको स्वीकात चाहिने जानकारहरू बताउँछन ।

तर, बाँकेको राप्तीसोनारी, बैजनाथ, कोहलपुर, डुडुवा र नेपालगन्ज क्षेत्रमा जनप्रतिनिधीको आड र डनगिरीको भरमा जताततै मनपरी निर्माण सामग्री स्टक राखिएको छ । यो वातावरणिय मुल्याङकनका आधारमा पनि गलत हो ।

राप्ती सोनारीमा निशान बिल्र्डसले सबैभन्दा बढी निर्माण सामग्री स्टक प्रमाणिकरण बिना थुपारेको स्थानीय बताउँछन । शोकबहादुर ओली, प्रेम डाँगी, तेज ओली, सुर्य खड्का, उमेश शाही, पूर्ण आचार्य, सन्दीप शाह, दीपक ओली लगायतका व्यक्तिले राप्ती नदीबाट उत्खनन गरेको करिब ३० करोडको निर्माण सामग्री स्टक प्रमाणिकरण बिनै अबैध रूपमा यत्रतत्र थुपारेको खुलेको छ ।

यसैगरी जनप्रतिनिधीको आडमा तेजु रोकाय, दीपक केसी, रमेश चन्द लगायतका व्यक्तिले मानखोलाबाट उत्खनन गरेको करिब १५ देखि २० करोड बराबरको निर्माण सामग्री बैजनाथका विभिन्न ठाउँमा मनोमानी स्टक प्रमाणिकरणबिनै थुपारेको खुलेको छ ।

यसरी नदी र खोलामा डनगिरी तथा शक्तिकाआडमा मनपरी चेपनि यसको रोकथाममा बाँके प्रहरी, जिल्ला समन्वय समिति, स्थानीय तहदेखि बाँके सिडिओ समेत उदासीन र चुपचाप देखिएका छन । यसले पनि असार मसान्तका बेला तलदेखि माथिसम्म कमाउधन्दाको सेटिङ्ग भैरहेको नागरिकको अनुमान छ ।
इसेताेखरीबाट साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]