२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लागुऔषध प्रयोगकर्ताहरुको निदहराम गर्दै कन्चनपुर प्रहरी

Logo
प्रकाशित आइतबार, आषाढ २०, २०७८

(सर्मिला बोगटी)
धनगढी । कञ्चनपुर प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालीका ६ शिब मन्दिर नजिकैबाट भीमदत्त नगरपालीका ९ बह्मदेवका २० वर्षिया मोहन पन्त र भीमदत्त नगरपालीका ६ ऐठपुरका २६ बर्षिया राम साउँदलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक अमर सिंह माझी को नेतृत्वमा खटिएको प्रहरी टोलीले पुर्ब पश्चिम राजमार्गको शिब मन्दिर नजिकै म २ प ९८६६ नम्बरको मोटरसाइकल रोकि लागु औषध (खैरो हेरोईन) को कारोबार गरी रहेका दुई जनालाई २३.२५ ग्राम लागु औषध र लागुऔषध नापतौल गर्ने डिजिटल मेसिन थान १ सहीत पक्राउ गरेको जनाएको छ। यसबारे कानुन बमोजिम थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]