१३ मंसिर २०८३, आइतबार
29-11-2026 , Sun
×

निजी विद्यालयमा विद्यार्थी घट्दै दुई लाखले छाडे बिधालय

Logo
प्रकाशित सोमबार, आषाढ २१, २०७८

(ABC-Sanchar)
काठमाडौं । पछिल्लो समय कोरोना महामारीका कारण सानो, पेसा व्यवसाय गरी दैनिक गुजारा चलाउनेहरु काम बन्द भएपछि शहर छोडेर गाउँ फर्किनेक्रम बढ्दै गएको पाइएको छ ।आम्दानी नभएकै कारण आफना छोराछोरी निजी विद्यालयबाट सरकारी विद्यालय पढाउन सार्नेक्रम पनि बढ्दै गएको देखिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले पछिल्लो समय कोरोनाको कारण निजी विद्यालयमा विद्यार्थीहरु घट्नेक्रम बढिरहेको बताउनुहुन्छ ।
शहरमा पेसा, व्यवसाय बन्द भएका कारण गाउँ फर्कनेक्रम दिन प्रतिदिन बढिरहेको र जसका कारण काठमाडौँलगायत शहरी क्षेत्रका विद्यालयमा विद्यार्थीहरु घटेको देखिएको उहाँ बताउनुहुन्छ ।
कोरोनाको पहिलो चरणमा भन्दा पछिल्लो दोस्रो चरणको महामारीमा निषेधाज्ञापछि स्कुल छाड्नेक्रम बढेको उहाँको भनाइ छ ।
काठमाडौँबाट मात्रै पछिल्लो समय २० देखि २५ प्रतिशत विद्यार्थीले निजी विद्यालय छाडेको अध्यक्ष पुरीको भनाइ छ । यो क्रम दैनिक रुपम बढ्दै गएको र अन्य शहरबाट पनि गाउँ गई सरकारी विद्यालयमा पढाउनेक्रम बढेकोे उहाँले बताउनुभयो । दैनिक ज्यालादारी, फुटपाथ र सामान्य नोकरी गर्ने वर्गहरु कोरोनाको कारण शहर नफर्किने निर्णय गरी गाउँ फर्किएको देखिने गरेकोे उहाँ बताउनुुहुन्छ ।
शिक्षाविद् विद्यानाथ कोईराला मान्छे, पैसा भएपछि पनि शहर पस्दो रहेछ, पैसा नभएपछि पनि शहर पस्ने गरेको पाइएको बताउनुहुन्छ ।
पैसा भएका मानिस गाउँमा नभएको सेवा सुविधा लिन र पैसा नभएका शहरमा आएपछि सानै जस्तो सुकै काम गरेर दैनिकी चलाउन पाइन्छ, अर्थात शहरमा धेरै अवसर हुने भएकोले शहर पस्ने गरेको पाइएको शिक्षा विद् कोईराला बताउनुहुन्छ ।
अहिले पछिल्लो समय कोरोनाको महामारीका कारण र आम्दानीको स्रोत नभएपछि पुनः सानोतिनो काम गरेर खाने मानिस शहरबाट गाउँ फर्किएको देखिएको छ ।
गाउँमै उनीहरुलाई गरिखाने वातावरण बनाउन संघीय, प्रदेश, स्थानीय अर्थात तीनै सरकारले बेलैमा सोच्ने बेला आएको उहाँ बताउनुहुन्छ ।
मानिस छोरोछोरी पढाउनै भनेर एक छाक खाएर भए पनि शहरमा पढाउनकै लागि आउने गर्छन् । त्यसको लागि गाउँका सरकारी विद्यालयको गुणस्तर सुधानुपर्ने बेला आएको बताउनुहुन्छ ।
साथै, शहरमा भएको इन्टरनेटदेखि विभिन्न अध्ययन गर्नको लागि चाहिने सामग्री समेत गाउँस्तरमा उपलव्ध भएको अवस्थामा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको आकर्षण बढ्ने उहाँ बताउनुुहुन्छ ।
शिक्षा सुधार गर्न प्रविधिको प्रयोगसँगै शिक्षक पनि सम्वेदनशील हुन आवश्यक छ । सरकारी विद्यालयका हुने राजनीति र सरकारी शिक्षकमा देखिने आफूलाई ठूलो मान्ने प्रवृत्ति त्याग्न सकेको अवस्थामा सरकारी विद्यालयमा सुधार गर्न सकिने उहाँको भनाइ छ ।
स्थानीयस्तरमा विद्यालय विद्यालयबीच पढाइको गुणस्तरबारे प्रतिस्पर्धा गराउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । त्यसो भएको अवस्थामा राम्रो पढाई हुने र नराम्रो पठाई हुने विद्यालय थाहा हुन्छ ।
जहाँ पायो त्यही निजी विद्यालय खोल्न दिन नहुने शिक्षा विद् कोईरालाका धारणा रहेको छ । यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा गत दुई वर्षको अवधिमा दुई लाख विद्यार्थी निजी विद्यालय छाडेर सरकारी विद्यालयमा पढ्ने गएको तथ्याङक रहेको बताउनुभयो ।
पछिल्लो समय सरकारी विद्यालयमा पढ्नेक्रम बढिरहेको छ त्यसमा विभिन्न आर्थिकलगायत अन्य विभिन्न कारण हुन सक्ने उहाँले बताउनुभयो । यता सरकारले शिक्षा क्षेत्रलाई उच्च महत्वका साथ बजेटमा सामेल गरेको छ ।
आर्थिक वर्ष २०७८÷७९ को बजेटमा शिक्षालाई प्राथमिकतामा राखेर एक खर्ब ८० अर्ब चार करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सरकारले यसपटक कक्षा १२ सम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, प्रमाणपत्र धितो राखेर २५ लाख रुपियाँसम्म ऋण, ल्यापटप खरिदमा ८० हजार रुपियाँ कर्जा तथा दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा इन्टरनेट पु¥याउनेलगायतका कार्यक्रम घोषणा गरेको छ ।
त्यसैगरी, आगामी शैक्षिक सत्रमा आधारभूत तहमा विद्यार्थी भर्नादर शतप्रतिशत पु¥याउने, अनिवार्य र निःशुल्क शिक्षा सुनिश्चित गरिने घोषणा गरेको छ ।
सार्वजनिक विद्यालयमा कक्षा नौसम्मका विद्यार्थीलाई शैक्षिक सत्र सुरु हुनुअघि नै रङ्गीन पुस्तक उपलब्ध गराउने सरकारी योजना छ । कक्षा ५ सम्म दिवा खाजा कार्यक्रमको सुनिश्चितता गर्दै सरकारले यसका लागि आठ अर्ब ७३ करोड रुपियाँ विनियोजन गरेको जनाएको छ ।
साथै, आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा पु¥याइने सरकारको तयारी छ । एक विद्यालय, एक स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्ने घोषणा गरिएको छ ।
। साथै, विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपियाँ कर्जा र सीम कार्ड निःशुल्क दिने घोषणा सरकारले यस पटकको बजेटमार्फत गरेको छ । एक प्रतिशतमा यो अनुदान उपलब्ध गराइने जानकारी बजेटमार्फत् दिइएको छ । गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

९० वर्षकी बुढी आमालाई घर निकाला गर्ने कस्ता छोरा होलान् डिएसपी केसीको ठाडो आदेशमा आमालाई निजको घरमा पुनःस्थापना दाङ । घोराही झोला झाम्टा सहित घर बाहिर निकालेपछि रुँदै पत्रकार महासङमा पुगे पछी घोराही बनाउन अभियानका सयोजक सबिन प्रियसन दिपक ओलीको सहितको पत्रकार जिल्ला प्रहरी कार्यालय दाङमा पुगेर डिएसपी डाक्टर हेम केसीको ठाडो आदेशमा आमालाई निजको […]

बाँके । नेपालगञ्ज नागरिक बोक्ने जहाजको सिट फोल्ड गरेर मोटरसाइकल ढुवानी गरिएको तस्बिरले अहिले सामाजिक सञ्जालमा तरंग ल्याएको छ। नेपालगञ्जबाट जुम्लासम्म उड्ने जहाजमा यात्रुको सिट खाली गरेर / फोल्ड गरेर मोटरसाइकल हालिएको देखिएको हो। यो नियमानुसार हो कि होइन ? यात्रुको सुरक्षा र उड्डयन नियममाथि प्रश्न उठेको छ। सम्बन्धित निकायले यसबारे छानबिन गर्नुपर्ने सर्वसाधारणको माग […]

  ललितपुर । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यूद्वारा आज जिल्ला प्रहरी परिसर ललितपुर मातहतको दुर्गम क्षेत्रमा पर्ने इलाका प्रहरी कार्यालय कोन्ज्योसोमको स्थलगत भ्रमण सम्पन्न भएको छ। ललितपुरको दक्षिणी ग्रामीण भेगमा पर्ने कोन्ज्योसोम गाउँपालिका-१ स्थित उक्त कार्यालयमा उहाँले कार्यरत प्रहरी कर्मचारीसँग भेट गरी उनीहरूका पीरमर्का, गुनासा तथा कार्यक्षेत्रमा खटिँदा भोग्नुपरेका समस्याबारे जानकारी लिनुभयो। त्यस पश्चात […]

error: Content is protected !!