१३ मंसिर २०८३, आइतबार
29-11-2026 , Sun
×

युरोकप २०२० लगायतका खेलहरुमा सट्टाबाजी गर्नेहरु नगदसहित पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ २१, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । हाल युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप-२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उदेश्य राखी ठूलो रकमको बाजी राख्न लगाई काठमाण्डौका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाट Online Betting गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा ८ जना व्यक्तिहरुलाई नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित पक्राउ गरि पक्राउ परेका निज व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाण्डौ पठाईएको ।
साथै त्यसरी बिभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा IME बाट पठाइने र लिने गरि कारोबार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको ।
पक्राउ परेका व्यक्तिहरु :-
१.जिल्ला काठमाण्डौ का.म.न.पा.४ सुकेधारा बस्ने बर्ष ५७ को राजेन्द्र श्रेष्ठ प्रधान ।
२.जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१९ ढोकाटोल बस्ने बर्ष ४७ को जिवन लामा ।
३.जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.७ घर भई हाल का.जि.कुलेश्वर बस्ने बर्ष ४६ को सुरज टिवडेवाल ।
४.भारत बिहार पुर्बिचम्पारण जिल्ला रक्सौल घर भई हाल का.जि कुलेश्वर बस्ने बर्ष ४६ अशोक कुमार गुप्ता ।
५.जिल्ला चितवन खैरहनी न.पा.वडा नं.५ टरौली घर भई हाल का.जि.धापासी बस्ने बर्ष ४५ को गोबिन्द प्रसाद आचार्य ।
६.भारत हरियाना विवरनी जिल्ला घर भई हाल का.जि. इन्द्रचोक बस्ने बर्ष ४९ को राजेश कुमार अग्रवाल ।
७.भारत राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई हाल का.जि. क्षेत्रपाटी बस्ने वर्ष ३३ को सुचित डालमिया अग्रवाल ।
८.जिल्ला मोरङ बिराटनगर नगरपालिका वडा नं. ७ घर भई का.जि. मरुटोल बस्ने बर्ष ४६ को अमरनाथ गुप्ता रहेको छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रातको समयमा सुरक्षा व्यवस्था मजबुत बनाउन रात्रीकालीन चेकिङ कार्यक्रम सञ्चालन गरिएको छ। चेकिङका क्रममा सवारी साधन, शंकास्पद गतिविधि तथा अवैध क्रियाकलापमाथि निगरानी गरिएको छ। नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न प्रहरीले रात्रीकालीन गस्ती र चेकिङलाई थप प्रभावकारी बनाएको छ।

बाँके । नेपालगन्ज जयसपुरस्थित इलाका प्रहरी कार्यालयको पुरानो भवन भत्काउन थालिएको छ। वि.सं. २०१७ सालमा निर्माण गरिएको उक्त ऐतिहासिक भवन अहिले भत्काउने काम भइरहेको छ। लामो समयदेखि प्रहरी कार्यालयका रूपमा प्रयोग हुँदै आएको यस भवनले आफ्नो छुट्टै इतिहास बोकेको छ। करिब ६ दशकभन्दा लामो समयदेखि अस्तित्वमा रहेको भवन भत्काइँदै गर्दा यस क्षेत्रको पुरानो इतिहाससँग जोडिएको […]

बाँके । ट्राफिक प्रहरीकै पोसाकमा ड्युटीमा रहेका बेला सेवाग्राहीसँग अनुचित आर्थिक लाभ लिएको देखिने भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेअन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीराम थारु र अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जमा कार्यरत प्रहरी […]

error: Content is protected !!