२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कपिलवस्तुका पत्रकार धोबीमाथि अनर्गल टिप्पणी गरेको भन्दै वडाध्यक्ष चौधरीमाथि कारवाहीको माग

Logo
प्रकाशित सोमबार, आषाढ २१, २०७८


(ABC-Sanchar)
कपिलबस्तु । पत्रकारमाथि अर्नगल टिप्पणी गर्ने कपिलबस्तु बिजयनगर–७ का वडाध्यक्ष दिनेश चौधरीमाथि नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाले कारवाहीको माग गरेको छ ।

कपिलबस्तु शाखाका सदस्य पत्रकार सनिउल्ला धोबी माथि वडाध्यक्ष चौधरीले आफनो समाचार प्रसारण गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै चरित्र हत्या गरेको भन्दै महासंघले कारवाहीको माग गरेको हो ।

महासंघले समाचारको बिषयमा असन्तुष्टि वा चित्त नबुझेको भए उजुरी गर्ने स्थान हुदा हुदै फेसबुक मार्फत अर्नगल टिप्पणी गर्दै चरित्र हत्या गरिएको भन्दै वडाध्यक्षमाथि ऐन कानुन अनुसार कारवाहीको माग गरिएको छ ।

कारवाहीको लागि सम्बधीत निकायसंग माग गर्दै आगामी दिनमा पत्रकारमाथि यस्ता लक्षित घटना न गर्न समेत महासंघले सचेत गराएको पत्रकार महासंघ कपिलबस्तु शाखाका अध्यक्ष किरनमान वज्रार्चायले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।