२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङका सिडियो रामबहादुर कुरुङवाङले प्रशासक नभई जनताको सेवक गर्ने प्रतिबद्धता

Logo
प्रकाशित सोमबार, आषाढ २१, २०७८


(ABC-Sanchar)
दाङ । सोमवार तुलसीपुर उद्योग वाणिज्य सघंले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले जनताको सामु प्रशासक शासक नभई जनताको सेवक भएर काम गर्ने बताउनुभयो । प्युठान,बर्दिया बाँके,अछाम,रुपन्देही,कपिलवस्तु हुँदै दाङमा सरुवा भएर आएका कुरुङवाङले जिल्लाको शान्ति,सुरक्षा, विकास र सुशासनको लागि प्रतिबद्ध भएर काम गर्ने विस्वास व्यक्त गरे । उनले अन्य जिल्लाहरुको तुलनामा दाङमा विकास निमार्णका आयोजना बढी हुने गरेको भएपनि काम भने कम मात्रमा हुने गरेको भन्दै स्थानीय सरकार यसतर्फ गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो । साथै उहाले कुनै पनि काम एक संस्था,एक व्यक्तीले गरेर मात्र सम्भब नहुने भन्दै सबैको साथ सहयोगले मात्र सोचेअनुरुप काम गर्न सकिने समेत बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले आफु सरुवा भएर आए लगत्तै कार्यालयमा आउने नागरिकका लागि निशुल्क रुपमा प्रहरी सेवा सुचारु गरेको बताउनुभयो ।
उहाले जिल्लामा हुने अपराधिक गतिविधिका सूचना थाहा पाए लगत्तै त्यसको निगरानी गर्दै अपराधीलाई कारवाहीको दायरामा ल्याउने प्रष्ट पार्नुभयो । साथै उनले दाङ बासीले महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सरद रेग्मीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]