
(ABC-Sanchar)
बाँके । राप्ती र मानखोला बाट उत्खनन गरी अबैद्यानिक रूपमा स्टक राखिएको निर्माण सामग्रीको स्टक प्रमाणिकरणका लागि यतिबेला ठेकेदार कम्पनी र स्टककर्ताहरू सरकारी निकायमा मोटो रकमको चलखेल गर्न थालेका छन ।
स्टक प्रमाणिकरण बिनै नदी जन्य पदार्थ मौज्दात, जफत गर्न स्थानीयको माग लगायतका शिर्षकमा निरन्त समाचार प्रकाशित गरेसँगै नदी उत्खननका डनहरू अबैद्य उक्त स्टक बस्तु बिक्रि वितरणमा समेत सक्रिय देखिएका छन ।
अबैद्य नदी जन्य स्टक सामग्री बिक्रि नहुने देखिएपछि उनीहरू स्टक प्रमाणिकरणका लागि आजभोली राप्ती, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकामा जनप्रतिनिधी, इन्जिनियर र हाकिमलाई मोटो रकमको लोभ देखाउँदै फर्काउन सक्रिय भएको खुलेको छ ।
दुई दिन यता राप्ती र मानखोलामा रजाई गरिरहेका खोले डनहरू स्थानीय हतमा धाउन थालेको स्थानीय तहका कर्मचारी नै बताउँछन । उनीहरूका अनुसार रकम जतिपनि तिर्न तयार रहेका ती खोलेडनलाई स्टक प्रमाणिकरणको पत्र चाहिएको छ ।
बाँकेमा ५० करोडको नदी जन्य निर्माण सामग्री स्टक प्रमाणिकरण बिना जताततै मापदण्ड विपरित थुपारिएको छ ।
स्थानीय हतले तत्काल प्रमाणिकरण नगरीदिए ‘खोलेडन’ ले चोरीको बाटो अपनाएर रातारात बिक्रि वितरण गर्न सक्ने देखिएको छ । यसले पनि बाँके प्रशासनले तत्काल यी सामग्री नियन्त्रणमा लिन जरूरी रहेको जानकार बताउँछन ।
यसरी जताततै अबैद्य रूपमा यस्ता समाग्री राखिएको जानकारी भएरै पनि सहायक सिडिओको संयोजकत्वमा हुने अनुगमन समितिले अहिलेपनि यसतर्फ अनुगमनका लागि ध्यान दिन सकेको छैन ।
जफत हुन सक्ने डरले कतिपय खोलेडनले त स्टक सामग्री रातारात सस्तोमा बिक्रि समेत गरिसकेका छन ।
यतिबेला यसरी अबैद्य स्टक राखेका व्यक्तिले खोला कब्जामा लिएका ठेकेदार कम्पनीसँग मिलेर गैरकानूनी बिल मिलाउन गर्न पनि थालेको खुलेको छ ।
यतिबेला बाँके सिडिओलाई चौतर्फी प्रश्न उठेको छ सिडिओ साब कहिले हुन्छ अबैद्य सामग्री जफत ? तर, यसको कुनै जवाफ छैन बाँके सिडिओसँग स्थानीयहरु भन्छन् सिडियोको कमिसन र मिलोमतोमा यो सबै भएको बताउँछन् एकपटक पनि नदि जन्यको अनुगमन न गरेको स्थानीयले गुनासो समेत गरेका छ्न ।
राप्तीसोनारी, बैजनाथ, कोहलपुर, डुडुवा र नेपालगन्ज क्षेत्रमा जनप्रतिनिधीको आड र डनगिरीको भरमा जताततै मनपरी निर्माण सामग्री स्टक राखिएको छ ।
यो वातावरणिय मुल्याङकनका आधारमा पनि गलत हो । राप्ती सोनारीमा निशान बिल्र्डसले सबैभन्दा बढी निर्माण सामग्री स्टक प्रमाणिकरण बिना थुपारेको स्थानीय बताउँछन ।
शोकबहादुर ओली, प्रेम डाँगी, तेज ओली, सुर्य खड्का, उमेश शाही, पूर्ण आचार्य, दीपक ओली लगायतका व्यक्तिले राप्ती नदीबाट उत्खनन गरेको करिब ३० करोडको निर्माण सामग्री स्टक प्रमाणिकरण बिनै अबैध रूपमा यत्रतत्र थुपारेको खुलेको छ ।
जनप्रतिनिधीको आँडमा तेजु रोकाय, दीपक केसी, रमेश चन्द लगायतका व्यक्तिले मानखोलाबाट करिब १५ देखि २० करोड बराबरको निर्माण सामग्री बैजनाथका विभिन्न ठाउँमा मनोमानी स्टक प्रमाणिकरणबिनै थुपारेको खुलेको छ ।
यस बिषयमा बुझन खोलेडनहरूसँग सम्पर्क गर्दा आधा दर्जन बढीले फोन उठाएनन । खोले ठेकेदार कम्पनीले केही प्रक्रिया दिएनन । गाउँपालिकाले भने असारपछि सबै खोलाको काम रोकिएको बताएको छ । ई-सेतोखरीबाट