२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेमा सबै खुला सिडियोको भरी निषेधाज्ञा ३१ गतेसम्म निरन्तरता जारी

Logo
प्रकाशित मंगलबार, आषाढ २२, २०७८


(ABC-Sanchar)
बाँके । नेपालगञ्जमा पसल व्यवसायी विहान नौ देखि बेलुका सात बजेसम्म सञ्चालन हुने गरी बाँके जिल्लामा निषेधाज्ञालाई निरन्तरता दिइएको छ ।
बाँकेमा सम्पूर्ण चिज खुला यता सिडियो शिवराम गेलालले असार ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता जारी रहेको बताए । उहाँले कोरोनाको संक्रमण दर क्रमशः घट्दै गएपनि अझै जोखिम नै रहेको बताउनुभयो ।
शैक्षिक संस्था, सबै प्रकारको सभा, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, क्यासिनो, दोहोरी, जिम खाना, लामो दुरीको सवारी साधन, अत्यावश्यक बाहेक जिल्ला प्रवेशमा रोक लगाइएको छ ।
नेपालगञ्जमा बैशाख ९ र जिल्लाभरी बैशाख १३ गतेदेखि निषेधाज्ञा लगाइएको छ । पसल व्यवसाय सञ्चालनको अवधि भने बढाउदै लगिएको छ ।
जिल्लामा कोरोना संक्रमण घटेको छ । मृत्यु रोकिएको छ । अस्पतालहरुमा कोरोनाका लागि छुट्याइएको ८८ प्रतिशतसम्म बेड खाली भएका छन् । निषेधाज्ञाको औचित्य छैन भन्ने आवाज बाक्लो हुँदै गएपनि स्थानीय प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।