
(ABC-Sanchar)
काठमाडौं । असार २२ गतेदेखि उपत्यकामा यातायातका साधनमा जोरबिजोर अन्त्य गरिएको छ ।
जोरबिजोर लागू नगरिएपछि विहानैदेखि काठमाडौंमा सवारी साधन बाक्लो देखिएको हो । 
गएको वैशाख १६ गतेदेखि शुरु भएको निषेधाज्ञा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले मगंलबारदेखिे निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको थियो । निषेधाज्ञा यही असार ३१ गतेसम्म लागू गरिएकाे छ । गोर्खापत्रबाट