२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ प्रहरीले अवैध लागूऔषध सहित ३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ २२, २०७८


ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालीका-१३ वडरा अन्नपुर्ण टोल बस्ने २२ वर्षीय कृष्ण बुढाथोकी र सोहि उप-महानगरपालीका-२ बस्ने २३ वर्षीय नुवाजन चौधारी रहेका छन् ।
आइतबार साँझ बुढाथोकीले रा ४ प १०७४ नम्बरको मोटरसाइकलमा आई लागूऔषध कारोबार गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा चौधारी र बुढाथोकीलाई ६०० मिलि ग्राम ब्राउन सुगरसहित फेलापारी पक्राउ गरेको हो ।

यस्तै राप्ति गाउँपालिका-१ भालुवाङ रातोडाडा बस्ने २७ वर्षीय ऐकेन्द्र पुनमगरलाई २ ग्राम ३५ मिलिग्राम ब्राउन सुगरसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ऐकेन्द्रको कोठामा लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले रितपुर्वक खानतलासी गर्दा उनि सुत्ने कोठमा कालो पलास्टिकमा पोका पारेर राखेको उक्त ब्राउन सुगर प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेका तीनैजना उपर लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]