
(ABC-Sanchar)
दाङ । घोराही तुलसीपुर सडक खण्डको पत्रेखोलमा भोलि विहान ७ बजेदेखि सडक सुचारु हुने भएको छ । ।
पत्रेखोलाको कच्वेमा खाल्डो परेकाले उक्त खाल्डोमा कंक्रिट ढलान गरिएको छ । उक्त खाल्डो पुर्नका लागि २० गतेदेखि सवारीसाधन आवागमन ठप्प पारिएको हो ।
सो खोलाको कच्वेमा परेको खाल्डो ढलान भइसकेको र भोलि बुधबार विहान ७ बजेदेखि उक्त सडक सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सूचना गरेर जानकारी दिनुभएको छ ।