(सागर थापा)
दाङ । देउखुरी सिसहनिया राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पुलको एप्रोचुमा बाढीले भत्किएर क्षति पुर्याएपछि यातायातहरु ठप्प छ।
अविरल वर्षा पछि आएको बाढीका कारण पुलको ‘एप्रोच’मा क्षति पुगेपछि यातायातका साधन सञ्चालनमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुबाङ्गले जानकारी दिनुुभयो।
राप्ती र गढवा गाउँपालिका जोड्ने राप्ती नदीमा निर्मित सिसहनियाँ पुल जोड्ने हुलाकी मार्गको एप्रोच बाढीले भत्काएको कुरुम्बाङले बताउनुुभयो।
उक्त पुलको लम्बाइ ८६० मिटर र चौढाइ साढे १० मिटर रहेको छ। यो पुल अनक निर्माण सेवाले निर्माण गरेको हो।
आर्थिक वर्ष २०७२र०७३ देखि निर्माण सुरू गरेको कम्पनीले सम्झौताभन्दा अगाडि नै काम सकेको हुँदा निकै प्रशंसा बटुलेको थियो।