(महेन्द्र सिंह)
बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१, पुरैनामा बस्ने अजिज अहमद शेषको साथबाट अटोमेटिक पेस्तोल बरामद भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९, फुटाहाबाट प्रहरीले शेषलाई पेस्तोलसहित पक्राउ गरेको जनाएको छ । शेषले पेस्तोल कहाँबाट किन ल्याए भन्नेबारेमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।