२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

इप्रका तुल्सीपुर प्रहरीले जुवा खेल्ने ५ जना पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ २३, २०७८


(सागर थापा)
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गैरी गाउँ स्थित झगु प्रसाद बुढाथोकीको घरमा अबैध रुपमा जुवा(तास) खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले उक्त स्थानबाट जुवातास खेलिरहेको अबस्थामा निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको साथै निजहरुको साथबाट रु.१,४७,१२५/-(एक लाख सच्चालिस हजार एक सय पच्चिस) नगद, जुवा खेल्न प्रयोग भएको १ गड्डी तास सहित बरामद गरी आवश्यक अनुसन्धान कार्य भईरहेको । पक्राउ परेका मानिसहरु विवरण
१- जिल्ला दाङ तु.उ.म.न.पा.१५ बस्ने बर्ष ३७ को खडक बहादुर वली
२- ऐ.ऐ वडा नं ५.बस्ने बर्ष ३४ को शरण श्रेष्ठ ।
३- ऐ.ऐ.वडा नं.६ बस्ने बर्ष ४१ मिन केतन गिरी
४- जिल्ला दाङ घोराही उप-महानगरपालीका वडा नं.७ बस्ने बर्ष ४१ बिनौद खाती ।
५- ऐ.ऐ.वडा नं.१५ बस्ने बर्ष ३२ को छबि गिरी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]