२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कपिलवस्तु एसपी दान बहादुर कार्कीको एक्सन गोरु लोड गरेको ट्रक सहित ३ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ २४, २०७८

ABC (क्राईमबिट)
कपिलबस्तु । ट्रकमा गोरुलोड गरी लैजाने क्रममा ३ जना पक्राउ परेका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.१० पचेहरा स्थित तौलिहवा चार नम्बर सडक खण्डमा ट्रकमा गोरु लोड गरी लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
तौलिहवा चार नम्बर सडक खण्डको पचेहराबाट ना ८ ख ७७०७ नं.को ट्रकमा २४ जिउ गोरु लोड गरी लैजाने क्रममा पक्राउ गरिएको प्रहरी डिएसपी धर्मराज भण्डारीले बताए । चालकलाई सोधपुछ गर्दा सो ट्रक झापा लैजान लागेको बताईएको छ ।
प्रहरीले कागजातहरु नभएको हुँदा गोरूसहितको ट्रक र ३ जना मानिसलाई नियन्त्रणमा लिई आजै आवश्यक कारवाहीको लागि सुठौली भन्सार कार्यालय पठाइएको डिएसपी भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]