२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीको असई पदको नाम लोकसेवाले सार्वजनिक गर्‍यो

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक असई पदका लागि लोकसेवा आयोगले गत मंसिरमा लिएको लिखित परीक्षाको नतिजा बिहिबार प्रकाशित भएको छ ।

प्रहरी प्रधान कार्यालयले २०७६ माघ १ गते प्रकाशन गरेको विज्ञापनअनुसार ५१३ जना लिखित परीक्षामा उत्तिर्ण भएका छन् ।

  1. लिखितमा उत्तीर्णहरुले विशेष स्वास्थ्य परीक्षण परीक्षा दिनुपर्नेछ ।  उत्तीर्ण उम्मेदवारहरुको आगामी साउन ३, ४ र ५ गते नेपाल प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परीक्षण हुने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन बिकास बिभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयकाअनुसार स्वास्थ्य परीक्षमा सहभागी हुनेहरुले सक्कल नागरिकता तथा प्रवेशपत्र साथ लिई आधाघन्टा अगाडि उपस्थित हुनु पर्नेछ ।

विशेष स्वास्थ्य परीक्षणमा उत्तिर्ण हुने उम्मेदवारहरुको आगामी साउन १३ गते प्रहरी प्रधान कार्यालय, नक्सालमा पाँचौं चरण अन्तर्गत सक्षमता परीक्षण ( Competency Test: Group Discussion) तथा अन्तर्वार्ता परीक्षा संचालन हुने नेपाल प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।
साथै उक्त नतिजाको पूर्ण विबरण नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]