२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

टिकापुर प्रहरीले दिदीले नाबालक भाइको हत्या गरेको आरोपमा दुईजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

ABC (क्राईमबिट)
धनगढी । कैलालीको टीकापुरमा मृत फेला परेका भनिएका साढे ३ वर्षीय नाबालकको सँगै जामन खान गएकि दिदी नाता पर्नेले हत्या गरेको खुलेको छ । प्रहरीले इलाका प्रहरी कार्यालय टीकापुरमा विहीबार पत्रकार सम्मेलन गर्दै साढे ३ वर्षिय बालक विवेक बिष्टको हत्या सँगै जाम‘ुन खान गएकी उनकै दिदी नाता पर्ने १५ वर्षीया किशोरीले गरेको सार्वजनिक गरेको हो ।

हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । उनकै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले हत्या गरेको स्वीकारेको बताए । उनका अनुसार दिदी नाता पर्ने युवतीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी छिन् ।

प्रहरीका अनुसार ति किशोरीले पारिवारिक रिसिइबीका कारण हत्याको योजना बनाएकी थिइन। प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा नाबालकको हत्या उनकै दिदीले गरेको देखिएको छ । विवेकले लगाएको बाला ति युवतीको साथीसंग फेला परेकोले र त्यि बालाको विवेकको परिवारले पहिचान गरिसकेकाले उनलाई पनि पक्राउ गरिएको हो । सोमबार ११ बजेदेखि बेपत्ता भएका बालकको बुधवार जमरा कुलोको किनारमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]