
ABC (क्राईमबिट)
झापा । मेचीनगर नगरपालिका
६ टुकैनीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब ७ लाख ७१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राईको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद औषधी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।