२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रतिष्ठानको सल्लाहकारमा बस्न उद्योग बाणिज्य संघद्वारा अध्यक्ष र महासचिव अस्वीकार

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८


(ABC-Sanchar)
दाङ जिल्ला उद्योग वाणिज्य संघले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सल्लाहकार रहन अस्वीकार गरेको छ ।
संघका अध्यक्ष टंकसिंह बुढाथोकी र महासचिव महेन्द्र बुढाथोकीले विज्ञप्ति जारी यस्तो जानकारी दिनुभएको हो ।

१५ शैयाको महेन्द्र अस्पतालाई उपक्षेत्रीय अस्पताल बनाउनेदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको स्मरण गराउँदै विज्ञप्तिमा उद्योग वाणिज्य संघकै नेतृत्वमा अहिले पनि प्रतिष्ठान सरोकार समिति क्रियाशील रहेको उल्लेख छ ।

उद्योग वाणिज्य संघको नेतृत्वमा राजनीतिक दल र नागरिक समाजसमेत रहेर प्रतिष्ठानको हितमा सरोकार समितिमार्फत सहयोग गरिरहेको बेला उस्तै प्रकृतिको समिति बनाएर संघ सदस्यमा रहन नैतिकताका हिसाबले नरहने विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

प्रतिष्ठानले केही दिनअघि मात्रै १३ सदस्यीय सल्लाहकार समिति घोषणा गरेको थियो । प्रतिष्ठानको ऐनमा भने त्यस्तो कुनै संरचना रहने वैधानिक ब्यवस्था छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]