२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

ठमेल क्षेत्र अझै सुनसान पर्यटक बोक्ने रिक्सा सुतेर दिन बिताउदै

Logo
प्रकाशित आइतबार, आषाढ २७, २०७८

(ABC-Sanchar)
काठमाडौं । निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएसँगै काठमाडौंका अन्य स्थानहरूमा चहलपहल बढे पनि ठमेल क्षेत्र भने अझै पनि सुनसानकै अवस्थामा छ । चहलपहल बढेका स्थानहरूमा चहलपहल बढेसँगै व्यापारले पनि गति लिइरहेको छ । तर, ठमेल क्षेत्रको व्यापार भने शून्य नै रहेको यहाँका व्यापारीहरूले बताएका छन् ।

पर्यटक आए मात्र चल्ने ठमेलको व्यवसायमा दिनको समय केही साना होटेलले टेकअवे सेवा दिइरहेको भए पनि रात्रिकालीन व्यवसाय शून्य नै रहेको छ । यसअघि ठमेल क्षेत्रमा सामान्य अवस्थामा पर्यटक आउने सिजनको बेला दैनिक करीब २० करोड रुपैयाँ बराबरको कारोबार हुने गथ्र्यो भने अफ सिजनमा दैनिक १० करोड रुपैयाँ जतिको कारोबार हुने गर्थ्यो । नेपालमा कोरोना महामारी शुरू भएयता व्यापारमा गिरावट आएसँगै अहिलेको यस्तो अवस्थाले यस क्षेत्रका अधिकांश व्यापारी पलायनको बाटोमा पुगेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । उनका अनुसार गतवर्ष पनि महामारीका कारण व्यवसाय पूर्णरूपमा ठप्प हुँदा घरभाडा, बिजुलीको बिल र बैंकको ऋण तथा ब्याज तिर्नै मुस्किल भएपछि यस क्षेत्रका करीब ७ सयभन्दा बढी व्यापारीहरूले आफूले गर्दै आएको व्यापार व्यवसाय छाडेका थिए ।

ठमेल, पकनाजोल, क्षेत्रपाटी, कालधारा, नरदेवीलगायतका स्थानमा पर्यटन क्षेत्रसँग सम्बद्ध होटेल, रेस्टुराँ, ट्राभल एजेन्सी, मनि एक्सचेन्ज, हस्तकलाका साना तथा ठूला गरी करीब १० हजार पर्यटन व्यावसायी रहेका छन् । आर्थिक अभियानबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]