
ABC (क्राईमबिट)
दाङ्ग । अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनहरुलाई दाङ्ग प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले अवैध नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार गरिरहेको अबस्थामा भे १ क ११६८ नम्बरको जेसिबी, भे २ त १०९ नम्बरको टेक्टर, रा १ त २९५५, भे १ त ९०६५, रा १ त ७५२ र रा १ त ४१७८ नम्बरको टेक्टरहरुलाई नियाँतनमा लिएको जिल्ला प्रहरी कार्यालय दाङ्गले जारि गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ। ईलाका प्रहरी कार्यालय नारायणपुर प्रहरी चौकी गोल्टाकुरी, चौकी रामपुर,अस्थायी प्रहरी पोष्ट पर्सेनि र अम्बेकेश्वरी बाट खटिएको प्रहरी टोलीले ति टेक्टरलाई नियन्त्रणमा ल्याएको हो। प्रहरीको नियन्त्रणमा रहेका टेक्टरको अनुसन्धान भईरहेको दाङ प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।