२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ सिडियो कुरुनबाङ्ग (मास्क) लगाउ अभियान लिएर सडकमा

Logo
प्रकाशित आइतबार, आषाढ २७, २०७८


(ABC-Sanchar)
दाङ । दाङका प्रमुख जिल्ला अधिकारी आइतवार (मास्क) खोइ अभियान सञ्चालन गरिएको छ । यस प्रकारको अभियानलाई निरन्तरता दिदै आएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा घोराहीमा मास्क खोइ अभियान सञ्चालन गरिएको हो ।

अभियान प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेसप्रसाद काफलेले, दाङ जिल्ला उद्योग बाणिज्य संघका पदाधिकारीहरुले मास्क नलगाउने लाई मास्क वितरण गर्नुको साथै सचेत बनाएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए । उनीहरुले पसल तथा सडकमा हिडने रहेका नागरिकलाइ मास्क वितरण तथा मास्कको सही प्रयोग गर्न आग्रह गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले नागरिकलाई स्वास्थ्य प्रति सचेत हुन आग्रह गरेका थिए । आफनो स्वास्थ्य प्रति आफै सचेत हुनु पर्ने उनको भनाइ रहेको छ । कोभिड १९ को सङक्रमण बाट बचाका लागि मास्कको प्रयोग गर्नु पर्ने भन्दै सचेतना बनाउने काम गरि राखेको उनको भनाइ रहेको छ ।
लकडाउन खुकुलो भए पनि कोरोना सङक्रमणको जोखिम कामय नै रहेकाले सचेत हुनु पर्ने बुढाथोकीले बताए । संघले व्यवसायी तथा नागरिकलाई सचेत बनाउन कार्यलाई निरन्तरता दिने संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]