२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा बस र हाईस एक आपसमा ठोकिँदा ५ जना घाईते

Logo
प्रकाशित आइतबार, आषाढ २७, २०७८

 

(ABC-Sanchar)
दाङ । घोराही-लमहीसडक खण्ड अन्तर्गत मसोटमा सवारी दुर्घटना हुदा ५ जना घाईते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ३ मसोटको मोडमा आज दिउँसो यात्रुवाहक बस र जीप एकआपसमा ठोक्किँदा एकआपसमा ठोक्किँदा ५ जना घाईते भएका हुन् । घाईते हुनेमा जीप चालकसहित सोही गाडीमा सवार हुन् ।

भालुवाङबाट घोराही तर्फ आउदै गरेको रा १ ज ७०६ नम्बरको जीप र घोराहीबाट लमही तर्फ जाँदै गरेको ना ५ ख २८०८ नम्बर यात्रुवाहक बस ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाईतेहरुलाई उपचारका लागी घोराहीको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्यएको र घाईतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

घाईते हुनेमा प्यूठान ओखरकोट ३ का ८३ वर्षीय मंगलसिंह सुनार, सोही ठाउँका ५८ वर्षीय शेरबहादुर सुनार, प्यूठान खैरावती २ का ३९ वर्षीय ठगबहादुर बुढामगर, खैरावती ३ की १६ वर्षीया सर्मिला बुढामगर घाईते हुनुभएको छ । यस्तै, जीप चालक र अर्का एक जना पनि घाईते भएका छन् ।

सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिनुभयो । दुवै सवारी ठोक्किएपछि सवारी आवागमन केही बेर अवरुद्ध भएको थियो । प्रहरीको टोली पुगेर दुर्घटनाग्रस्त सवारी साधन सडकबाट छेउँ लगाएसँगै आवागमन सुचारु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]