२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीका नवनियुक्त एआईजी थापालाई दर्ज्यानी चिह्नद्वारा सुशोभित

Logo
प्रकाशित आइतबार, आषाढ २७, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् ।

आज (आइतबार) प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले एआईजी थापालाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

उक्त कार्यक्रममा आईजीपी थापाले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई बधाई दिँदै बढुवासँगै बढेको दायित्व र जिम्मेवारीलाई प्रतिबद्वता अनुरूप नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए । संगठनको थप सुदृढिकरण र विकासका लागि व्यावसायिकता र पेशागत धर्ममा रही हरेक कार्यलाई सहजरूपमा लिदै स्वमूल्याङ्कन गरी पूर्ण निष्ठाका साथ अगाडि बढ्नुपर्ने उनले बताए । बढुवामा परिवारको पनि साथ सहयोग हुने भएकोले आफ्नो प्रगतिलाई परिवारमा समर्पण गर्नुपर्ने उनले उल्लेख गरे ।

समारोहमा बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल सरकार एवम् प्रहरी संगठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मका साथ संगठनको उदेश्य प्राप्तिका खातिर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । आफू बोलाई भन्दा गराईमा विश्वास गर्ने भएकाले आफ्नो बुद्धि, विवेक र ईमानदारिताका साथ संगठनको श्रीवृद्धिमा लाग्ने उनले उल्लेख गरे ।

गत बिहिवार बसेको मन्त्रीपरिषदको बैठकले थापालाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही मन्त्रीपरिषद बैठकले एआईजी थापालाई प्रहरी प्रधान कार्यालयको मानवस्रोत तथा प्रशासन बिभागमा पदस्थापन गरेको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]